२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतुङ्गलबाट ६ ट्रक मास्क बरामद (अपडेट)



अ+ अ-

काठमाडौंको सतुङ्गलमा लुकाईराखेको अवस्थामा प्रहरीले रोहित श्रेष्ठको घरबाट १७६ बोरा (करिब ८ लाख ४० हजार बिस) सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नंं १० बाट सो मास्क बरामद गरिएको हो । बढि मुल्य लिई बेच्नको लागि तयारी अवस्थामा राखिएको सर्जिकल मास्क प्रहरीद्वारा जफद गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोट, महानगरीय प्रहरी प्रभाग बलम्बु र महानगरीय प्रहरी परिसर काठमाडौं टेकुको साझा सहकार्यमा सो मास्क सहितको ट्रकहरु बरामद गरिएको हो । बजारमा मासक र सेनिटाईजरको अभाव भएपछि प्रहरीले छापा मार्ने अभियानलाई तिव्रता दिएको छ ।

कोरोना भाईरसको कारण बजारमा ग्यास, पेट्रोल, खाधान्नको तथा सर्जिकल मास्कको कृतिम अभाव सृजना गरिएको र यस्मा आफुहरुले निरन्तर फलोअप गर्दै आईरहँदा छापा मार्ने क्रममा रोहित श्रेष्ठको घरबाट १७६ बोरा सर्जिकल मास्क बरामद गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । साथै ‘कालाबजारी ऐन’ अन्तर्गत प्रकृया अघि बढाईएको पनि प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

मास्क बरामद गरिएको स्थानमा चन्द्रागिरी नगरपालीकाका प्रमुख मेयर घनश्यामा गिरी पनि पुगेका थिए । उनले अहिलेको अवस्थामा कोरोना भाइरसको त्रास भइरहँदा यस किसिमको कार्य हुनु दुःख लाग्दो रहेको बताए । साथै उनले सम्पुर्ण चन्द्रागिरी नगरबासीलाई आफ्नो छेउछाउमा यस्ता किसिमका कालाबजारी र अनैतिक कार्यहरु भएको थाहा पाएमा नजिकको प्रहरी कार्यलयमा जानकारी गराउन पनि आग्रह गरे ।

हिजोपनि प्रहरीले सिनामङ्गलबाट ७५ हजार थान मास्क सहित कारेवारमा संलग्न व्यक्तिहरुलाई प्रकाउ गरेको थियो । समातिएको ६ ट्रकसहित चालकहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा ल्याईएको छ । केहिबेरमै सार्वजनिक गरिँदै ।