२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक परिवारलाई राहतस्वरुप रु तीन लाख दिने- मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए । रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए ।

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गरेका थिए ।