१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्योः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताउनुभएको छ ।

घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाउनु भयो । उहाँले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताउनु भयो ।

प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको बताउनु भयो । राजनीतिक दलहरु छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको बताउनु भयो । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको छ । यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन । हाम्रो पार्टीको मान्यता छ, २३ र २४ गतेको घटनाले मुलुकलाई अगाडि होइन, दशकौँ पछाडि धकेल्ने काम भएको छ । प्रतिगमनकारी षड्यन्त्रलाई हामीले पराजित गर्न सकेनौँ भने मुलुकको लोकतान्त्रिक दिशा सही बाटोमा अगाडि बढ्न सक्दैन । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्दछ । त्यो हाम्रो एजेण्डा हो । भन्न राजनीतिक दलहरु भित्र छलफलमा भन्ने गर्नुहुन्छ, सबैभन्दा उपयुक्त बाटो त प्रतिनिधि सभाको पुनःस्थापना नै हो । तर अहिले भन्न मिल्देन । के भय छ ? अहिलेको अवस्थामा फागुन २१ गते चुनाव हुनसक्छ भन्नेकुरामा विश्वास गर्नुहुन्छ ? चुनाव हुने वातावरण त छैन तर चुनावलाई अस्वीकार गर्न सकिँदैन के भनेको ?’

महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताउनु भयो । उहाँले एमाले वैचारिक, राजनीतिक रुपमा स्पष्ट रहेको पनि बताउनु भयो ।