२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव : डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट स्थगन



अ+ अ-

काठमाडौं । कोरोनाको प्रकोपका कारण नेपालस्थित अमेरिकी दुताबासले डिभि र पर्यटक भिसा प्रक्रिया केही समयका लागि स्थगन गरेको छ । भिसाका लागि आवदेन गरिएका सबैखाले प्रक्रिया स्थगन गर्ने निर्णय गरेको नेपालमा रहेको अमेरिकी दूताबासले जानकारी दिएको छ ।

कोरोना संक्रमणले विश्वव्यापी प्रभाव परिरहेका बेला नेपालको दूतावासले पनि भोलि चैत ४ गते (मंगलबार) बाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू स्थगन गरेको आज एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ । तर यो प्रक्रिया रोकेको भए पनि कुनै आपतकालीन अवस्था भएमा तत्कालै दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन सकिने दूतावासले बताएको छ ।