१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा सबै रोगको उपचार सेवा शुरु

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा सबै रोगको उपचार सेवा शुरु
अ अ+ अ-

बलराम प्यासी, ललितपुर । ‘नेपालीको क्यान्सरको उपचार नेपालमै’ भन्ने नाराका साथ स्थापित तथा पछिल्लो समयमा सवै प्रकारको क्यान्सर उपचारमा उच्चतम सफलता हासिल गर्दै आएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको मात्रै नभई अन्य सबै प्रकारका विरामीको उपचारको लागि जनरल सेवा पनि शुरु गरिएको छ ।

सो अस्पतालमा केही महिनादेखि ‘निरोगी वेलनेश सेन्टर’को स्थापना गरि सर्वसाधारण विरामीको अन्य रोगको पनि उपचार शुरु गरिएको अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले बताए ।

‘क्यान्सरको लक्षण नकुरौं, समयमै स्वास्थ्य जाँच गरि क्यान्सर नै भएछ भनेपनि शुरुकै अवस्थामै उपचार गरौं’ भन्ने सन्देश दिन ‘निरोगी वेलनेश सेन्टर’ स्थापना गरिएको डा.श्रेष्ठले बताए । उनले भने—‘क्यान्सरको लक्षण कुर्दाकुर्दै क्यान्सर तेस्रो र चौथो स्टेजमा पुगिसकेको हुन्छ र विरामीलाई चाहेर पनि बचाउन सकिन्न ।’

‘यतीमात्रै नभई आफ्नो उपचारको लागि विरामीले विभिन्न दुःखकष्ट झेल्दै टाढाका अस्पताल धाउन नपरोस भन्ने पनि हाम्रो चाहना हो’—उनले भने । मुटुरोग विशेषज्ञ एवम् जनरल फिजिसियन डा.उजित कर्माचार्यको नेतृत्वमा हरेक दिन विहान ८ बजेदेखि ४ बजेसम्म उपचार सेवा दिने उदेश्यका साथ ‘निरोगी वेलनेश सेन्टर’ को स्थापना गरिएको हो ।

यसको अलावा उक्त सेन्टरमा क्यान्सर एवम् मुटुरोग विशेषज्ञ एवम् जनरल फिजिसियन डा.उजित कर्माचार्य, डा.शैलेन्द्र श्रेष्ठ र डा.सचिन शाक्यले मुटुरोग र सामान्य स्वास्थ्य जाँच तथा, स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा.अञ्जु श्रेष्ठ र डा.अनु बज्राचार्यले स्त्रीरोगका विरामीको जाँच गर्ने व्यवस्था मिलाइएको छ । सेन्टरमा सिनीयर नर्सहरु उषा महर्जन र यमुना कार्कीलगायत कार्यरत छन् । वेलनेश सेन्टरमा स्वास्थ्य जाँच गरि क्यान्सर भएको पत्ता लागेका विरामीको तत्कालै आवश्यकता अनुसार केमोथेरापि, रेडियोथेरापि र सर्जिकल उपचार सेवा गरिने अस्पतालले जनाएको छ ।

क्यान्सरका विरामीको लागि सो अस्पतालमा दैनिक ३० भन्दा बढी वरिष्ठ क्यान्सर विशेषज्ञ चिकित्सकहरुले वालवालिका, महिला र पुरुषहरुको क्यान्सर जाँच र उपचार गर्दै आएकोमा जनरल फिजिसियन र मुटुरोग विशेषज्ञ चिकित्सकहरुबाट समेत दैनिक रुपमा अन्य सर्वसाधारण विरामीको जाँच र उपचार पनि शुरु गरिएको ‘निरोगी वेलनेश सेन्टर’का प्रमुख डा.उजित कर्माचार्यले बताए ।

पछिल्लो समयमा मुटुरोगी, मधुमेहलगायत अन्य विरामीलाई पनि क्रमशः क्यान्सर देखिन थालेकोले उनीहरुलाई लक्षित गरि शुरुकै अवस्थामा क्यान्सर पत्ता लगाउन विभिन्न स्वास्थ्यका साधारण स्वास्थ्य प्याकेज, मुटुरोग प्याकेज, डायबिटिज प्याकेजका साथै समष्टिगत परिक्षण प्याकेज, पुरुषहरुका लागि ५० वर्ष माथिका पुरुष र ४० वर्ष कटेका महिलाहरुको लागि उक्त निरोगी वेलनेश सेन्टरमार्फत विशेष स्वास्थ्य जाँच प्याकेजको व्यवस्था पनि गरिएको कार्यकारी अध्यक्ष डा.श्रेष्ठले बताए ।

विषादि र अन्य केमिकल मिसावट भएका खानेकुरा, अप्राकृतिक जीवनशैली, प्रदुषण, वंशानुगत कारण लगायत विभिन्न अज्ञात कारणहरुले गर्दा पछिल्लो समयमा क्यान्सरमात्रै नभई मुटुरोग, मिर्गाैला, मधुमेह, डायबिटिजका विरामीको संख्या बढिरहेको कारणले गर्दा सो अस्पतालको क्यान्सर वहिरंग उपचार सेवामा आएका विरामीहरुको माग अनुसार सर्वसाधारण अन्य विरामीका लागि अस्पतालमा अर्काे वहिरंग सेवा शुरु गरिएको हो ।

क्यान्सर उपचारमा विशेषज्ञता हासिल गरेको उक्त अस्पतालमा सर्वसाधारण विरामीको माग अनुसार भविष्यमा क्रमशः अरु रोगका विशेषज्ञ चिकित्सकहरुको सेवा पनि थप गर्दै लगिने योजनामा रहेको कार्यकारी अध्यक्ष डा.श्रेष्ठले बताए ।

क्यान्सर अस्पतालमा सम्वन्धित विशेषज्ञ चिकित्सकहरुबाट क्यान्सरको अलावा सवै रोगको जाँच र उपचार शुरु भएपछि ललितपुरको हरिसिद्धि, गोदावरी, इमाडोल, धापाखेल लगायतका आसपास र काठमाडौं, ललितपुर र भक्तपुरलगायत राजधानी बाहिरबाट आफ्नो स्वास्थ्य जाँच र उपचार गर्न आउने विरामीको संख्या दिनहूँ बढीरहेको अस्पतालले जनाएको छ ।