१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’
अ अ+ अ-

राजाराम कार्की, काठमाडौँ । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ ।

चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्रमण र त्यसबाट हुने मृत्युलाई रोक्न सकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रविन्दु बन्दै गएको छ । हिजो आइतबार जोन्स हप्किन्स विश्वविद्यालय (वाल्टिमोर, अमेरिका) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १५० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ भने एक लाख ५६ हजार ४४५ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म पाँच हजार ८३३ व्यक्तिले ज्यान गुमाइसकेको भए पनि नेपालमा एक व्यक्तिमा बाहेक सङ्क्रमण नदेखिएको र सङ्क्रमणमा रहेका उक्त व्यक्ति निको भई घर फर्किसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।

कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानोरठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन । यो रोगको सङ्क्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा बिदाइमा गरिने चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ । यसबाट अभिवादन गर्ने व्यक्ति र स्वीकार गर्ने दुवैको हित हुनेछ ।

कुनै व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण रहेछ भने चुम्बन गर्दा श्वासप्रश्वासबाट र अङ्कमाल वा हात मिलाउँदा छालाको स्पर्शबाट कोरोना भाइरस सर्न सक्छ । त्यसैले चिकित्सकले चुम्बन, अङ्कमाल र हात नमिलाउन सन्देश प्रवाह गरेका छन् । कोरोना भाइरसबाट जोगिन साबुन र तातोपानीले कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग हात धुन अर्थात् स्यानेटाइजर जेल प्रयोग गर्न, हाच्छियुँ गर्दा रुमालको प्रयोग गर्न, हात नधोई वा स्यानेटाइजर जेलको प्रयोग नगरी आँखा, नाक र मुख नछुन, सङ्क्रमित मानिसको नजिक नजान, सभा, समारोह, भोजभतेर अर्थात् मानिसको जमघट हुने क्षेत्रबाट टाढै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चुम्बन, अङ्कमाल र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न शुरु गरिसक्नुभएको छ । नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका औला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ । नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को सङ्ज्ञा दिएको कोरोना भाइरसको लक्षण शुरुमा ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न कठिन हुने वा मांसपेशी दुख्ने देखिन्छ । यस्तो अवस्थामा सुरक्षित साथ नजिकको अस्पताल जाने अथवा अस्पताल जान नसकेको अवस्थामा अस्पतालमा जानकारी गराउने भन्ने जानकारी सार्वजनिक गरेको छ ।

नमस्कार संस्कृत शब्द हो । संस्कृतको नमः शब्दबाट लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ । प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ । त्यसलाई आत्मा भनिन्छ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ । दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुनगई सकारात्मक सोचको विकास हुन्छ ।