९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ।

उनी अहिले गम्भीर अवस्थामा रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करकन अनुसार उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको छ।

चिकित्सकहरूको टोलीले लगातार उनको स्वास्थ्य अवस्थामाथि निगरानी राखेको छ। हालसम्म उनको स्वास्थ्यबारे कुनै औपचारिक बयान जारी गरिएको छैन।

धर्मेन्द्रका परिवारका सदस्यहरू अस्पतालमा उपस्थित छन् भने उनका छोरीहरूलाई अमेरिकाबाट बोलाइएको खबर छ।

धर्मेन्द्रले आफ्नो लामो अभिनय यात्रामा धेरैपटक स्वास्थ्य सम्बन्धी चुनौतीहरूको सामना गरेका भए पनि उनी बलिउडका सबैभन्दा फिट र सक्रिय वरिष्ठ कलाकारमध्ये एक मानिन्छन्।

हालै मात्रै उनको आउँदो फिल्म ‘इक्कीस’ को ट्रेलर सार्वजनिक भएको थियो, जसमा उनले दमदार अभिनय गरेका छन्।