२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्छ : कांग्रेस



अ+ अ-

मोरङ । कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ ।

यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् । यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ सङ्गठनमार्फत सचेतना एवं जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।

सचिव घिमिरेले भन्नुभयो, ‘‘कोरोना सङ्क्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो सङ्ख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।”