१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भत्ता लिन वृद्धवृद्धालाई सास्ती

भत्ता लिन वृद्धवृद्धालाई सास्ती
अ अ+ अ-

धनगढी । कृषि विकास बैंक, बैकिङ कार्यालय धनगढीमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ता रकम बुझ्नेको केही दिन यता भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

भीडका कारण भुक्तानी लिन असहज भई सेवाग्राहीलाई सास्ती भएको हो । “दिनभरी लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो भयो”, बैकिङ कार्यालयमा भेटिनु भएकी धनगढी उपमहानगरपालिका–२ की लक्ष्मीदेवी साउदले भन्नुभयो । सेवाग्राहीको भीडले बैंकका अन्य सेवासमेत प्रभावित भएका छन् । बैंकमा भत्ता बुझ्नेको भीड लागेपछि केही दिनदेखि रकम निक्षेप गर्न नपाएर फर्किनु परेको अन्य सेवाग्राहीले गुनासो गरेका छन् ।

बैंकका प्रबन्धक जगदीश पन्तले भत्ता बुझ्न आउनेको भीडका कारण बैंकका अन्य सेवा प्रभावित भइरहेको स्वीकार गर्दै कार्यालय समय बाहिर अपराह्न ५ बजेसम्म काम गरेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गर्नुपरेको बताउनुभयो । भीडका कारण आइतबार बैंकको काउण्टरका तीन ढोकामध्ये दुई ढोकामा चुकुल लगाएर वृद्धवृद्धा, एकल महिला, अशक्त व्यक्तिलगायतलाई भत्ता रकम भुक्तानी दिनुपरेको थियो ।

बैंकले भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेपिरहेको देखिएको बैंकका अर्का सेवाग्राही मनिस जोशीले गुनासो गर्नुभयो । ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएकालगाएतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराउने गरेको छ ।

“धनगढी उपमहानगरपालिका कार्यालयले भत्ता पाउनेको रकम निकासा गरी पठाएकाले भत्ता लिनेको भीड लागेको हो”, प्रबन्धक पन्तले भन्नुभयो, “उपमहानगर क्षेत्रका वडाको हिसाबमा यस्तो रकम सम्बन्धितलाई भुक्तानी दिइरहेका छौँ ।”उपमहानगरपालिका कार्यालयका प्रवक्ता सन्तोष मुडभरीले आगामी आर्थिक वर्षदेखि प्रत्येक वडा नजिकमा रहेका बैंकमार्फत सामाजिक सुरक्षाको भत्ता रकम भुक्तानीको व्यवस्थापन गर्ने पहल थालिएको बताउनुभयो । “सरकारी बैंक बाहेक नीजि बैंकमा यो रकम राख्न नपाउने सरकारको नीतिले सहज भुक्तानी गर्न समस्या भइरहेको छ”, प्रवक्ता मुडभरीले भन्नुभयो, “आगामी वर्षदेखि वडा नजिकका जुनसुकै बैंक मार्फत् यो रकम भुक्तानी दिने व्यवस्था गर्ने प्रयासमा छौँ ।”