१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गर्नुभएको छ । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गर्नुभयो ।

नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गर्नुभयो । नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध आवाज उठाइरहेको भनी सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “महिनौँदेखि संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्, भ्रष्टाचार मौलाएको छ, महँगी, कालोबजारी बढ्दै गएको छ ।” सांसद चक्रप्रसाद स्नेहीले वर्तमान निर्वाचन प्रणालीले गर्दा नै देशमा भ्रष्टाचार मौलाएको र देश धराशायी बन्दै गएको आरोप लगाउँदै संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने माग गर्नुभयो ।

सांसद इन्दु कडरियाले भारतका कारण सिमानामा नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मृगेन्द्रकुमार सिंह यादवले ठेकेदारको लापरवाहीले हुलाकी राजमार्ग समयमै सम्पन्न हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानलाई संशोधन गरेर भए पनि सर्वसस्वीर्य बनाउनुपर्ने माग गर्नुभयो । सांसद विमला घिमिरेले कोभिड–१९ रोक्न नेपालको तराईका जिल्लाका खुला सिमानामा कडाइ गर्नुपर्ने बताउनुभयो । सांसद हरिराम चौधरीले विभिन्न जिल्लामा अवैधानिक ढङ्गले वन फडानी भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारवाहीको माग गर्नुभयो । सांसद राधेश्याम पासवान र मायाप्रसाद शर्माले पछिल्लो समयमा भ्रष्टाचार बढ्दै गएको भन्दै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।