१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नदीजन्य वस्तुको जथाभावी दोहन

नदीजन्य वस्तुको जथाभावी दोहन
अ अ+ अ-

जुम्ला । जुम्लाकोे तिला र हिमा नदीमा जथाभावी नदीजन्य वस्तुको उत्खनन तथा दोहन भइरहेको छ । लामो समयदेखि स्काभेटर र डोजर प्रयोग गरेर उत्खनन भइरहे पनि कार्यविधि स्थानीय तहमा नहुँदा रोकावटमा समस्या भएको छ । तिला र हिमाका विभिन्न स्थानमा डोजर तथा स्काभेटरको प्रयोगले नदी खन्ने र जथाभावी ढुङ्गा, गिट्टी र बालुवा ओसारपोसार भइरहेको छ ।

जिल्ला समन्वय समिति र सरोकार निकाय अनुगमनमा गएर निर्देशन दिँदा पनि रोकिएको छैन । सङ्घीय सरकारले बनाएको नदी तथा खानीजन्य वस्तु उत्खनन कार्यविधिले आन्तरिक स्रोत व्यवस्थापन तथा अनुगमन निरीक्षणको जिम्मा जिससलाई दिएको छ । नदीजन्य वस्तु ९ढुङ्गा, गिट्टी, बालुवा० खानी, उद्योग, प्राकृतिक स्रोत व्यवस्थापन तथा परिचालन गर्ने जिम्मेवारी जिससमा रहेको जनाइएको छ । अवैध उत्खनन भइरहेको समाचार र स्थानीयवासीको गुनासाका आधारमा जिससले धेरै पटक अनुमगन गरेको जिसस जुम्लाका उपप्रमुख कार्मा बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो अनुगमन गर्ने अधिकारअनुसार अनुगमन गरिएको र दोस्रो सङ्घीय सरकारको कार्यविधिअनुसार अघि बढ्दा अनुगमन मात्रै गर्ने तर कारवाहीको अधिकार नदिएकाले अवैध उत्खनन रोक्न चुनौती देखिएको बताउनुभयो ।

यस्तै जिससको गत फागुन २३ को निर्णयानुसार अवैध उत्खननमा पूर्णरुपमा रोक लगाउन, अनुमगनसँगै कारवाही गर्न र अधिकारसहित निर्देशन माग गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचारसमेत गरिएको छ । स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत भनेकै खानीजन्य वस्तु हुन् । वातावरणीय प्रभाव मूल्याङ्कनविनै उत्खनन र निकासी भइरहँदा पनि नियमन हुन सकिरहेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन ९आइइई० गर्ने व्यवस्था भए पनि धेरैले नगरेको उहाँले जानकारी गर्नुभयो ।

जिल्लाका पातारासी, हिमा र तातोपानी गाउँपालिकाले मात्रै प्रारम्भिक आइइई गरेको भेटिएको जिससले जनाएको छ । यता हिमा गाउँपालिकाले मात्रै नदीजन्य वस्तु उत्खनन, सङ्कलन बिक्रीका लागि ठेक्का सम्झौता गरेको पाइएको छ । केन्द्रबाट निर्देशन नआएसम्म अवैध उत्खनन गर्नेलाई कारवाही र जरिवाना केही पनि गर्न नपाइने भएकाले अवैधरुपमा उत्खनन बढिरहने देखिन्छ ।