२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’
अ अ+ अ-

गण्डकी । आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ्रेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्दछ ।

प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ नेपालका वाइसे चौवीसे राजका पालादेखि अस्तित्वमा रहेको बताइन्छ । गाउँ माथिको कोत (कोट)मा तत्कालीन समयमा राजाहरूको दरबार रहेको र यही कोटको नामबाट गाउँको नाम  हेम्जाकोट रहेको हुनसक्ने सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष इश्वर गुरुङले जानकारी दिनुुभयो ।

गुरुङका अनुसार गाउँकै अर्कोतर्फ टाकुरामा जङ्गलको बीचमा अर्को जयकोट नाम गरेको कोट छ । यस कोटमा पनि बलिपूजा गर्ने प्रचलन छ । जय कोटमा दिइएको बलीको प्रसाद महिलाले खान नहुने तथा घरमा पनि लैजान नहुने विश्वास गरिन्छ । धार्मिक एवम् ऐतिहासिक रुपमा चर्चा कर्माएको यो क्षेत्र प्राकृतिक रुपमा उत्तिकै मोहक छ । यहाँको प्राकृतिक सौन्दर्यता एवम् ऐतिहासिकतालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ २०६२ सालदेखि घरवास सञ्चालन गरिएको छ ।

सुरुमा आफूले एउटा घरबाट घरवास कार्यक्रम सुरु गरेको अनुभव सुनाउँदै गुरुङले त्यसयता यहाँका १६ वटासम्म घरमा घरवास सञ्चालन भएको जानकारी दिनुुभयो । “यहाँ कोभिड अघिसम्म १६ वटा घरमा घरवास सञ्चालन भएकोमा त्यस पछि भने १२ वटा घरमा मात्रै घरवास सञ्चालनमा छ”, उहाँले भन्नुुभयो, “पहिला पर्यटन बोर्डमा घरवास दर्ता भएकामा अहिले माछापुच्छ्रे गाउँपालिकामा दर्ता गरिएको छ ।”

आउने पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गर्दै आएका यहाँका स्थानीयले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहनाको नास्तासहित एक हजार २०० रुपैयाँको प्याकेज निर्धारण गगरेका छन् । पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि हेम्जाकोट गाउँ छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जनासम्म पाहुना अटाउने गरी व्यवस्था गरिएको छ । यो सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो ।

यहाँबाट माछापुच्छ्रे«सहित अन्नपूर्ण, लमजुङलगायत हिमालका साथै छिमेकी गाउँ ल्वाङको चियाबारी आदि एकसाथ अवलोकन गर्न सकिन्छ । यो माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी एवम् विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।

रमणीय गाउँ भए पनि यहाँ अझै अपेक्षित पर्यटकको आगमन बढाउन नसकिएको अर्का घरवास सञ्चालक पूर्ण गुरुङले बताउनुुभयो ।“हेम्जा मेलबोटबाट सुरु हुने माछापुच्छ्रे मोडेल ट्रेक त्यहाँबाट अस्ताम, धिताल, हेम्जाकोट, धम्पुस, अष्ट्रेलिय क्याम्प, पोथना, पितम देउराली, लान्द्रुक, छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्दछ ”, उहाँले भन्नुुभयो ।

शान्त र मनोरम गाउँले परिवेश, गुरुङ मौलिक संस्कृतिसँगै हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता रहेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ बताउनुहुन्छ । पछिल्लो समयमा हेम्जाकोटमा विभिन्न म्युजिक भिडियो तथा चलचित्र छायाङ्कन गर्ने स्थलका रुपमा पनि रोजाइमा पर्ने गरेको छ । रासस