१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट

पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट
अ अ+ अ-

राजेन्द्र आचार्य, मेलम्ची । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ ।

लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो ।

लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

चेकजाँचको एक भव्य समारोहका विच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरेका थिए ।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकहरुले लागु पदार्थ सेवन गर्न थालेको सूचना प्रात्तभएसगै टेस्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ ।

“ब्रेथलाईजरबाट लागु पदार्थ सेवन गरेको पत्ता लाग्दैन्, त्यसैले लागु पदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौं , जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ । अकालमा ज्यान जाने जोखिम कम हुनेछ ।”

सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान कै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेश प अन्र्तगतको १० वटै जिल्लाको सडक मैं चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए ।
सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनिकरण कम गर्ने एसपी महर्जनको विश्वास छ ।

उनका अनुसार वागमती प्रदेशमा ड्रग युरिन टेष्ट किटबाट सडक मैं जाँच गरिएको यो पहिलो पटक हो । यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसगैँ यस्तो अभियान थालिएको प्रस्ट पारे ।

यसैगरि क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी चलाउन नहुने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए ।

उनले मापसे चेकजाँचको क्रममा लागु औषध गाँजा जस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुँने भए पश्चात चालकहरुले मदिरा सेवनलाई कम गर्दै लागु औषधको प्रयोग बढाएको बताए ।

यसरी लागु औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए । सो अवसरमा पहिलो दिन १७ वटा चालक र सहचालकको न्यूरिन टेस्ट गरिएको थियो ।