२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा एकतापछि अध्यक्षत्रयले गरे पहिलो मनोनयन



अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

राप्रपामा सचिवालय प्रमुखमा ध्रुबबहादुर प्रधान (नवलपरासी), भास्कर भद्रा (ललितपुर) र तथा कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी), चन्द्रबहादुर गुरुङ (कैलाली) लाई मनोनयन गरेका छन्।

‘राप्रपामा पार्टी एकतापछिको यो पहिलो मनोनयन हो,’ राप्रपाका नेता मोहन श्रेष्ठले बताए, ‘आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गरेको हो र अन्य पदहरुमा पनि छिटै मनोनयन हुने तयारी भइरहेको छ।’

राप्रपा र राप्रपा संयुक्तबीच फागुन २८ गते एकता भएको थियो।