१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला प्रहरीले ठुलो संख्यामा सर्जिकल मास्क बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको कपन, र सतुंगल क्षेत्रबाट कृतिम अभाव सिर्जनागरी बढी मूल्यमा विक्रीगर्न लुकाइराखेको अवस्थामा सर्जिकल मास्क बरामद गरेको जनाएको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंको सतुंगलबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको जनाएको हो ।

त्यस्तै प्रहरीले आइतबार ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा विक्री गर्न लागिरहेको अवस्थामा काठमाडौंको कपनस्थित मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क सहित ५ जनालाई नियन्त्रणमा लिएको वनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ओखलढुंगा घरभई काठाडौं इमाडोल बस्ने वर्ष ३० को टेकराम श्रेष्ठ, बारा घरभई कपन बस्ने वर्ष ३४ को संजय रेग्मी, चितवन घरभई स्वयम्भु बस्ने वर्ष २६ को अजिम बक्स मिया, आरडिजि इन्टरनेशनल सप्लायर्सका सञ्चालक वर्ष २४ का सुरज गोयल र आरडिजिका अर्का सञ्चालक भारत राजस्थानका ३७ वर्षिय सुबास महेश्वरी रहेका छन् । प्रवक्ता वोगटीले पक्राउ परेकाहरुमाथि कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।