१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

काेराेनाकाे कहर राेकिएन, मृतककाे संख्या ७,००० नाघ्याे, मृतकहरूमा बढीजसाे वृद्धवृद्धा र दिर्घराेगी

काेराेनाकाे कहर राेकिएन, मृतककाे संख्या ७,००० नाघ्याे, मृतकहरूमा बढीजसाे वृद्धवृद्धा र दिर्घराेगी
अ अ+ अ-

काठमाडाैंः

वरिष्ठ मुटुराेग विशेषज्ञ डा भगवान काेइरालाले २०७६ चैत ३ गते बिहानै प्राणघातक काेराेना भाइरसका बारेमा एउटा ट्वीट गर्नुभयाे । याे ट्वीटमा खासगरी उहाँले काेराेना संक्रमण हुँदा मुटु राेगीलाइ बढी खतरा हुने कुरा उल्लेख गर्नु भएकाे छ । नेचर डट कममा प्रकाशित विश्लेषणात्मक लेखलाइ आधार बनाएर उहाँले भन्नुभएकाे छ, “मुटु राेगीहरूलाइ काेराेना लागेमा मृत्युदर उच्चतम हुने हुनाले थप सावधानी अपनाउँ । भिडमा नजाने, खाेकी ज्वराेद्वारा संक्रमितकाे नजिक नपर्ने, अपरिचित सामान वा व्यक्ति छाेएपछि हात धुने गराैं । सुगर, प्रेसर नियन्त्रण गराैं ।”

के साँच्चिकै मुटु राेगीलाइ काेराेना भाइरसले सताउँछ ?

हामीले स्वीकार्नै पर्छ, डा भगवानले राम्रा मेडिकल जर्नल पढेरै याे मन्त्र ट्वीट गर्नु भएकाे हाे । काेराेना भाइरस फैलिएकाे चीनकाे हुबे प्रान्तमा अनुसन्धाताहरूले गरेकाे मृतक र अन्य बिरामीकाे अध्ययनबाट मुटु राेगी, डाइबिटिज, क्यान्सर र अरू क्राेनिक बिरामीलाइ काेराेनाले निकै सताएकाे उल्लेख छ । हेराैं विश्व स्वास्थ्य संगठन र चीनकाे संयुक्त मिसन तथा चिनियाँ सिसिडिसीकाे अध्ययनकाे निचाेड । पहिलाे मिसनले ५५,९२४ जना काेराेना पीडितकाे नमुना अध्ययन गरेकाे थियाे भने सिसिडिसीले ७२,३१४ जनाकाे नमुना परीक्षण गरेकाे थियाे ।

पहिले हेराैं मृतक व्यक्तिकाे उमेर समूह

उमेरमृत्यु दर (कन्फर्म केस)मृत्यु दर (सबै केस)
८०+ उमेर२१.९ प्रतिशत१४.८ प्रतिशत
७०-७९ वर्ष८ प्रतिशत
६०-६९ वर्ष ३.६ प्रतिशत
५०-५९ वर्ष १.३ प्रतिशत
४०-४९ वर्ष ०.४ प्रतिशत
३०-३९ वर्ष ०.२ प्रतिशत
२०-२९ वर्ष ०.२ प्रतिशत
१०-१९ वर्ष ०.२ प्रतिशत
० देखि ९ वर्षमृत्यु भएकाे छैन

माथिकाे तालिकाबाट के प्रष्ट हुन्छ भने अधिकांश मृतक व्यक्ति बढी उमेर समूहका छन् । भाइरसकाे संक्रमण सँगै फाेक्साे र मुटुमा असर गर्ने काेराेना भाइरसले अन्ततः शरीरमा घातक न्युमाेनिया पैदा गर्दछ, र बिरामीकाे मृत्यु हुन्छ । बृद्ध उमेरका व्यक्तिकाे समयमै उपचार नहुँदा काेराेनाले गर्ने न्युमाेनिया निकाे हुन कठिन हुन्छ । हालसम्म काेराेना भाइरसकाे अाैषधि नै पत्ता लागेकाे छैन ।

हेराैं बिरामीकाे केस हिस्ट्री जाे मृत्युकाे मुखमा बढी परेका छन् ।

बिरामीकाे पूर्व स्वास्थ्य स्थितिमृत्यु दर (कन्फर्म केस)मृत्यु दर (सबै केस)
कार्डियाेभास्कुलर राेग (मुटु राेग)१३.२ प्रतिशत१०.५ प्रतिशत
मधुमेह९.२ प्रतिशत७.३ प्रतिशत
दीर्घ श्वासप्रश्वास राेग८ प्रतिशत६.३ प्रतिशत
हाइपरटेन्सन (अति तनाब)८.४ प्रतिशत६ प्रतिशत
क्यान्सर७.६ प्रतिशत५.६ प्रतिशत
कुनै राेग नभएका ०.९ प्रतिशत

माथिका २ वटा तालिकामा देखाइएकाे विवरणले काेराेनाले कमजाेर व्यक्तिलाइ नै बढी असर पारेकाे देखिन्छ ।

प्राणघातक काेराेना भाइरसबाट विश्वका धनी, गरिब दुबै किसिमका मुलुकलाइ नराम्राेसँग प्रताडित बनाइसकेकाे छ । चीनकाे हुबे प्रान्तबाट शुरू भएकाे याे राेगबाट मृत्यु हुने व्यक्तिकाे संख्या चैत ३ गते साँझसम्म विश्वभर ७,००० नाघेकाे छ । मृत्यु हुनेकाे संख्या दिनहुँ बढिरहेकाे र जटिल अवस्थामा रहेका व्यक्तिकाे संख्या अझै ५ हजारभन्दा बढी देखिएकाले मृतककाे संख्या अझ बढ्ने खतरा छ ।

पछिल्लाे विवरण अनुसार सबैभन्दा बढी व्यक्ति चीनकाे हुबे प्रान्तमै संक्रमित भएकाे पाइएकाे छ । यही कारण यहाँ मृतककाे संख्या र संक्रमित व्यक्तिकाे संख्या दुबै बढी छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार हुबेमा ८० हजार ८८० जनामा संक्रमण देखिएकाे छ भने मृतककाे संख्या ३,२१३ पुगेकाे छ । इटाली र स्पेनले मुलुकलाइ लक्ड डाउन गरेका छन् अर्थात कसैलाइ पनि हिँडडुल नगर्न, भेला नहुन, बिरामी भए तत्काल खबर गर्न भनिएकाे छ ।

काेराेनाबाट दाेस्राे सर्वाधिक प्रभाव परेकाे मुलुक इटाली हाे । इटालीमा २,१५८ जनाकाे मृत्यु भइसकेकाे छ भने २७,९८० जना संक्रमित छन् । यहाँ साेमबार एकै दिन ३४९ जनाकाे ज्यान गएकाे छ भने ३,२३३ जना नयाँ राेगी फेला परेका छन् । युराेपेली मुलुकहरूमा सबैभन्दा बढी वृद्धहरूकाे जनसंख्या रहेकाे इटालीमा काेराेनाकाे कहर थामिनसक्नु हुँदैछ । पछिल्लाे विवरण अनुसार अझै १,८५१ जना गम्भीर अवस्थामा छन् ।

इरानकाे अवस्था पनि उत्तिकै खतरापूर्ण देखिएकाे छ, र यहाँ पनि लगातार नयाँ राेगी फेला परिरहेका छन् । यहाँ १४,९९१ जना संक्रमित रहेका छन् । हालसम्म ८५३ जनाकाे मृत्यु भइसकेकाे छ।

युराेपेली मुलुकहरू स्पेनमा पनि परिस्थिति जटिल बन्दै गएका कारण सरकारले अापतकाल घाेषणा गरिसकेकाे छ । यहाँ ३३५ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै जर्मनीमा १४, फ्रान्समा १२७, स्वीट्जरल्यान्डमा १९, बेलायतमा ३६, नर्वेमा ३, नेदरल्यान्ड्समा २४, स्वीडेनमा ७, बेल्जियममा ५, डेनमार्कमा ४, अस्ट्रियामा ३, ग्रीसमा ४, अायरल्यान्डमा २, पाेल्यान्डमा ३ काे मृत्यु भएकाे छ । यी देशमा काेराेना संक्रमितकाे संख्या दशाैं हजार पुगिसकेकाे छ ।

चीनकाे छिमेकी मुलुक दक्षिण काेरियामा ७५ जनाकाे मृत्यु भएकाे छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् । जापानमा पनि २७ जनाले ज्यान गुमाइसकेका छन् । संयुक्तराज्य अमेरिकामा ७२ जनाकाे मृत्यु भएकाे छ भने ४,१६५ जना संक्रमित भएका छन् । फिलिपिन्स, फिलिपिन्स र थाइल्यान्डसमेतका मुलुकहरू प्रभावित भएका छन् । छिमेकी मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमा पनि काेराेनाबाट संक्रमित व्यक्ति भेटिएका छन् । भारतमा त २ जनाकाे मृत्यु भएकाे छ ।
य