१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छलफलको आवश्यकता छैन, म बोल्छु अनि महाधिवेशन सकिन्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो र सरल तरिकाले सम्पन्न गरिने बताएका छन्।

पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शनिबार आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “यो महाधिवेशनमा म एकतर्फीरूपमा सम्बोधन गर्छु। उद्घाटन मन्तव्यपछि त्यसमा छलफल गरिँदैन।”

लामो समयसम्म चल्ने कार्यक्रम सञ्चालन गर्न अहिले अवस्था अनुकूल नभएको उनले बताए। “यदि छलफल गर्दै गर्‍यौँ भने कार्यक्रम पाँच–सात दिन तानिन्छ, त्यो हामी धान्न सक्दैनौँ,” ओलीले भने।

अहिलेको राजनीतिक परिस्थितिमा छोटो महाधिवेशन नै उपयुक्त हुने उनको तर्क छ। उनले भने, “हालको प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना हो। त्यो भएपछि मात्रै सहज वातावरणमा नीति निर्माण र कार्यान्वयनतर्फ ध्यान दिन सक्छौँ। अहिलेको राजनीतिक केन्द्रविन्दु यहीँ हो।”

नेतृत्व चयन र पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले अनुशासन तोडेका कारण महाधिवेशन एक वर्षअघि सारिएको स्पष्ट पार्दै ओलीले भने, “केही साथीहरूले पुनर्गठन र नेतृत्व चयनको नाममा अनावश्यक हल्ला मच्चाएका थिए, त्यसैले निर्धारित मितिभन्दा एक वर्षअघि महाधिवेशन गर्ने निर्णय गरियो।”

उनले कार्यकर्ताले पार्टीभित्र को काम गर्छ र को नगर्छ भन्ने स्पष्ट देखिसकेको पनि बताए। “काम नगर्नेहरू जान सक्छन्, काम गर्नेहरू बस्नेछन्। को अडिएको छ, को लडिएको छ, कार्यकर्ताहरूले मूल्यांकन गर्छन्,” ओलीको भनाइ छ।