२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार

बजेट नआउँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा

बजेट नआउँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा
अ अ+ अ-

भजनी । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । 

केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । चालु आर्थिक वर्षमा यो विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध गराइदिन यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, टीकापुर नगरपालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताले सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समन्वय गर्दै आएको छ । 

नागरिक उड्डयन प्राधिकरण क्यानको गत आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका १० वटा विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो । ती दशमा टीकापुर विमानस्थल नपरेको भन्दै टीकापुरबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतामाथि सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनीहरुले बजेटको माग गर्दै मन्त्रालयसम्म पुगेका हुन् । 

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल नेतृत्वको एक प्रतिनिधिमण्डलले गत सोमबार सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको बताइएको छ । त्यसपछि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल पनि टीकापुर विमानस्थलका विषयमा बुझ्न बिहीबार मन्त्री आलेलाई भेट्न गर्न पुग्नुभयो ।  

नेता डा रावलले टीकापुर विमानस्थल सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग सहयोग, समन्वय र सहकार्य गरिने बताउनुभयो । उहाँले मन्त्रीसँगको भेटमा स्थानीय सरकारले समन्वय नगरेकै कारण विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन हुन नसकेको बताउँदै यो विमानस्थल सञ्चालन गर्न तत्कालका लागि रु दुई करोड बजेट विनियोजन गर्ने निर्णय भएको आफूूले जानकारी पाइएको जानकारी दिनुभयो । विमानस्थल निर्माणको कामलाई क्रमागतरुपमा लैजाने सहमति भएको पनि उहाँले बताउनुभयो । 

“विकासका लागि पैसाको अभाव होइन, समन्वयको अभाव रहेछ । स्थानीय सरकारले प्रदेश र सङ्घसँग समन्वय गर्न सकेको अवस्थामा बजेटको अभाव नहुने रहेछ”, उहाँले भन्नुभयो, “विमानस्थलमा पनि त्यही भयो । हामीले समन्वय गर्यौं, योजना बन्यो तर स्थानीय तहको चासो नभएका कारण बजेट परेन ।” नेता डा. रावलले पुरानै विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने सहमति भएको बताउँदै टीकापुरको विकासका लागि राजनीतिक दल तथा अन्य सरोकारवालासँग स्थानीय सरकारको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । 
    
नगरप्रमुख रावलले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने मन्त्रीसँग मौखिक सहमति मात्रै भएको बताउनुभयो । उहाँले विमानस्थलका विषयमा विभिन्न खालका टीकाटिप्पणी हुन थालेपछि मन्त्रालयसम्म पुगेको बताउँदै अहिलेको विमानस्थल प्राविधिकरुपमा सञ्चालन गर्न नसकिने प्रारम्भिक प्रतिवेदन आएकाले विमानस्थल सार्ने कुरामा छलफल भएको जानकारी दिनुभयो । “विगतमा नै अहिलेको विमानस्थल प्राविधिकरुपमा असफल भएको भन्दै निर्णय गर्ने र त्यही विमानस्थल सञ्चालनको माग राख्नु राजनीतिक प्रतिशोध वाहेक अरुरु केही होइन”, उहाँले भन्नुभयो, “आफू अनुकूलको काम गर्ने परिपाटीका कारण समन्वय अभाव भएको मात्रै हो । हामी टीकापुरको विकासका लागि जोसँग पनि समन्वय गर्न तयार छौँ । रु दुई करोड बजेट आएकै अवस्थामा पनि विमानस्थलको के स्तरोन्नति गर्न सकिन्छ त रु”

मन्त्री आलेसँग विमानस्थल सार्ने कुरामा छलफल भएको र केही दिनमा आफैँ स्थलगत अनुगमनमा आउने वा त्यसका लागि सर्वे टोली पठाउने आश्वासन आफूले पाएको उहाँको भनाइ छ । “अब पहाडी जिल्ला र नेपालगञ्जसम्म हवाई उडानका लागि सानो १६ सिटे जहाज सञ्चालनमा ल्याउने गरी विमानस्थल सञ्चालन गर्ने हो भने मात्रै हो”, नगरप्रमुख रावलले भन्नुभयो, “भविश्यलाई हेरेर विमानस्थलको स्तरोन्नति गर्ने हो भने सार्नुपर्ने कुरा यसभन्दा पहिलेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।” उहाँले यसमा सबैको सहमति हुन पनि जरुरी छ । सस्तो लोकप्रियता कमाउने उद्देश्यले स्थानीय सरकारलाई दोष दिएर भविश्यलाई नहेर्ने हो भने त्यसको असर लामो समयसम्म पर्न सक्छ भन्नुभयो । 

उहाँले  मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अनुसार जग्गा अधिग्रहण गरेर विमानस्थलको दूरी बढाउनुभन्दा कम लगानीमा विमानस्थल सार्न सकिने र त्यसका लागि सर्वे टोलीले सर्वे गरेपछि विमानस्थलको काम अगाडि बढ्ने बताउनुभयो ।