१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी मुभमेन्ट अलायन्सद्वारा सुकुमबासीमाथि दम्भ नदेखाउन बालेनलाई चेतावनी



अ+ अ-

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले उत्पीडित तथा भूमिहीन जनतामाथि दम्भ र तिरस्कारको व्यवहार नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिएको छ।

आइतबारदेखि सुकुमबासी बस्ती खाली गराउने महानगरको निर्णयप्रति आपत्ति जनाउँदै अलायन्सले आज एक विज्ञप्ति जारी गरी उक्त कदमलाई असंवेदनशील र अमानवीय भनेको हो।

विज्ञप्तिमा बस्ती हटाउने निर्णयलाई “समाधान होइन, द्वन्द्वको तयारी” भन्दै पुनर्विचार गर्न आग्रह गरिएको छ।

भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरू वर्षौंदेखि कठिन जीवनयापन गर्दै आएका छन्, तर राज्यका नीतिहरूले उनीहरूलाई देशभित्रै आप्रवासीझैं व्यवहार गर्दै बास खोस्ने काम गर्दै आएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिईकन सम्बन्धित क्षेत्रका बस्तीहरूमा फेरि डोजर चलाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नै देशमा भूमिहीन र बिस्थापित बनाइएका जनतामाथि यस्ता निर्णय हुनु खेदजनक छ।”

अलायन्सले मौजुदा ऐन–कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था गरे पनि त्यसको पालना नगरी आतंक र भय सिर्जना गरिएको आरोप लगाएको छ।

साथै, अलायन्सले सम्बन्धित समुदायसँग सहमतिमा उपयुक्त पुनर्स्थापनाको व्यवस्था गर्न र सबै नागरिकका लागि साझा सहरको उदाहरण प्रस्तुत गर्न महानगरलाई आग्रह गरेको छ।