१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

क्वारेन्टाइनमा बसेका एक इटालियनको यो मार्मिक पत्र

क्वारेन्टाइनमा बसेका एक इटालियनको यो मार्मिक पत्र
अ अ+ अ-

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले मानव मनमा उब्जाएको त्रास र पीडाबारे एक इटालियन नागरिकले संसारलाई यस्तो सन्देश प्रवाह गरेका छन् । कोरोना भाइरसबारे हल्ला र त्यसको हकिकत तथा अन्तमा आफूलो कोरोना भाइरसका कारण भोगेका दैनिकी बारेमा उनले एक सन्देश दिँदै संसारलाई सजग गराएक छन् ।

यस्तो छ उनले दिएको सन्देश…

सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड–१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ । त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्कसँग बसेका छन् ।

हामीलाई थाहा छ तिमीहरुले के सोचिरहेका छौ, किनकी हामी पनि केही समय अघि त्यही अवस्थामा थियौं । एकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २ ३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं ।

पहिलो स्टेज
तिमीलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, तिमीले न्युजमा पढेका छौं, टिभी, इन्टरनेटमा त्यो बारे समाचार हेरेका छौ । पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तिम्रो देशमा देखिएका छन् । डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ । जवानहरुले त भाईरसलाई पचाई हाल्छन् । गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन् । म सुरक्षित छु, ढुक्क छु । सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन् । केही डर छैन ।

दोस्रो स्टेज
अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन्, अब स–साना क्षेत्रहरुलाई ’रेड जोन’ भनेर तोकिन थालिएको छ, शुरुमा केस देखिएका शहरहरुमा अली बढी विरामी देखिन थालेका छन् (फेब्रअरी २२ तिरको कुरा) । तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन् । केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखी सुगर, दम जस्ता अरु रोग लागेका हरु छन् । मिडियाहरुले बेकारमा सानो कुरालाई ठुलो बनाएर मान्छे तर्साउदैछन् । म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन । यहाँ सबै ठिकै छन् ।

तेस्रो स्टेज
अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मर्न थालेका छन् । ‘रेड जोन’ र ’क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु अरु शहरहरुलाई पनि तोक्दैछ । इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसीसकेको छ । ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन् । कुनै पत्रिकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनु भन्दा अघी लिक हुन्छ, अनी करिब १० हजार जना ती ‘रेड एरिया’ तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ–आफ्ना घर फर्कन्छन् ।

बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकि खासै बद्लिएको हुँदैन, उनीहरु साबुन पानीले हात धुन्छन्, मास्क लगाएर हिड्छन्, भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ । तैपनी अवस्था कति सम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन ।

चौंथो स्टेज
पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन् । देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ । अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछी अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन । रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन् । सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ । डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ ।

भाईरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रीन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन् । यो एउटा युद्दक्षेत्र जस्तै भएको छ । डाक्टरहरुले आउने जति सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछी बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ ।

त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ । थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ । भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ । यस्तो तरिकाले आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन् । तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ ।

पाँचौ स्टेज
रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसके । अब उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ । अब पूरा देश नै क्वारेन्टाइनमा छ । सकेसम्म भाईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले । तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधी पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ । अब सबै जनाले मास्क लगाउने, पन्जा लगाउने गर्न थालेका छन् । तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग डर लाग्दैन भन्ने गर्छन्, अनी साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउछन्, रमाइलो गर्छन् ।

छैठौं स्टेज
२ दिनपछी सूचना आउछ, रेस्टुरेन्ट, बार, सपिङ सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छ, केही सुपर मार्केट र औषधी पसलहरुलाई छोडेर । तिमी घर बाहिर हिंड्नको लागि एउटा सर्टिफिकेट बोक्नुपर्छ, जसमा आफ्नो नाम, घर, कहाबाट आएको, कहाँ जाने, किन जाने सबै कुरा खुलाएको हुनुपर्छ । जताततै प्रहरीको चेक पोइन्टहरु छन् । विना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ, अझ तिमी कोरोना भाईरस पोजिटिभ हौं भने त हत्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ ।

इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौं स्टेजको छ । र यो अवस्था मात्र २ हप्तामा भएको हो । तेस्रो स्टेजबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो । इटाली, चीन, कोरिया बाहेक अन्य विश्व अहिले पनि पहिलो स्टेजमै छ, कुनै देश दोस्रो स्टेजमा जान लागेका छन् । तिमीहरुलाई थाहा नै छैन अब कस्तो दिन आउँदैछ भनेर । किनभने २ हप्ता अघि मलाई पनि थाहा थिएन अवस्था यस्तो हुन्छ भनेर । तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ ।

अझै पनि धेरै देशहरुले “यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ । यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन । हाम्रो इटालीको सरकार पूरै देशलाई ’लक डाउन’ गरेर राम्रो गरेको हो, यो भाईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो । चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ । शुरुमा फैलिएका केही शहरहरुमा यसले नयाँ संक्रमण घटाऊनलाई काम गरेको छ ।

त्यस्तै व्यापार व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नियम ल्याउनु भएको छ । यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोच्न पनि सकिन्न । कती देशहरुले यो समस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छदै सावधानी नअपनाएको देख्दा रिस पनि उठ्छ । मलाई लाग्छ यो विश्वभरी फैलिएको कोभिड९१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ रु त्यसैले साथीहरु, तिम्रो देश र ठाउँमा यो भाईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तिमीहरु हामीहरु भन्दा १९२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौ ।

त्यसैले प्लिज, प्लिज, प्लिज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनहरुलाई पनि त्यस्तै लागेको थियो । अनी सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं । आफ्नो हात सफा राखौं, साबुन पानीले हात धोऔं । जनचेतनाका लागि सामाजिक संजाल फेसबुकबाट लिइएको ।