२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण



अ+ अ-

खाँदबारी, (सङ्खुवासभा) । भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ ।

चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाले यस्तो अभियानले स्थानीयमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता बढाएको बताउनुभयो ।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीले सञ्चालन गर्ने सामुदायिक सेवा कार्यक्रमले सीमावर्ती बस्ती र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ भएको प्रतिक्रिया दिएका छन् । सशस्त्र प्रहरी बलले देशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा अध्ययनरत विद्यार्थी, विपन्न परिवार र विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस