२४ असार २०८३, बुधबार
,
Latest
सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा गोल खाँदा सन्डरल्यान्डसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । शिर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ ।

गएराति भएको खेलमा आर्सनल सन्डरल्यान्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोलि सन्डरल्यान्डले खेलको ३६ औं मिनेटमा डानियल बालार्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ५४ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

७४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । खेल सकिनै लाग्दा आर्सनलले गोल खान पुग्यो । ९०+४ औं मिनेटमा ब्रायन ब्रोबीले गोल गर्दै सन्डरल्यान्डलाई हारबाट जोगाए भने आर्सनललाई स्तब्ध पारे ।

यो नतिजा पछि आर्सनल ११ खेलबाट २६ अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ भने सन्डरल्यान्ड १९ अंकका साथ चौंथो स्थानमा छ ।