२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको संक्रमण नदेखिनु अभूतपूर्व सफलता



अ+ अ-

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै जाँदा आल पौने दुई लाख पुगेको छ भने साँढे छ हजार मानिसको मृत्यु समेत भइसकेको छ । चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह रुपमा देखा पर्दैछ । स्रोत र साधनले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण रुपमा समाधान गर्न सकेका छैनन् । अहिले विश्व नक्शामा हेर्ने हो भने अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन ।

जसमध्ये नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ । नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति पनि संक्रमणमुक्त भइसकेका छन् ।

यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।