२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पिएसबी नेपालको एक वर्ष पूरा : ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

पिएसबी नेपालको एक वर्ष पूरा : ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै
अ अ+ अ-

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एक वर्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वल्र्ड’को औपचारिक शुभारम्भ गर्नुहुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्री समावेश गर्नेछ ।

विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पिएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुन:स्थापनापछि भएको हो । विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसद्बाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास ९समिति० गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । ऐन कार्यान्वयनका क्रममा लोकसेवा आयोगका अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते पिएसबी नेपालको पहिलो नेतृत्वकर्ताका रूपमा डा विष्ट कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

यस संस्थाले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएपश्चात गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी विषयवस्तुसहित जनउत्तरदायी सार्वजनिक सेवा प्रसारणका कार्य गर्दै आएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत विनियमावली तर्जुमालगायत कार्य भने प्रक्रियामा छन् । रासस