२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन
अ अ+ अ-

गलकोट, (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो ।

कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि रु ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कथावाचनको पहिलो दिन नै तीनवटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् ।

शनिबार बागलुङ नगरपालिका–४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गर्नुभएको छ । बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराउनुभएको हो । उहाँहरूले रु पाँच लाख ११ हजार योगदान गर्नुभएको आश्रमले जनाएको छ ।

यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गर्नुभएको थियो ।

वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडकआश्रित, असहाय र अपाङ्गता भएका व्यक्तिको पुन:स्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।

यस्तै काठेखोला गाउँपालिका–५ फूलपातीडाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानवसेवा आश्रम शाखाको भवन निर्माणका लागि रु पाँच लाख ११ हजार सहयोग गर्नुभएको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गर्नुभएको छ । रासस