२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको संक्रमण नदेखिनु अभूतपूर्व सफलता



अ+ अ-

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै जाँदा आल पौने दुई लाख पुगेको छ भने साँढे छ हजार मानिसको मृत्यु समेत भइसकेको छ । चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह रुपमा देखा पर्दैछ । स्रोत र साधनले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण रुपमा समाधान गर्न सकेका छैनन् । अहिले विश्व नक्शामा हेर्ने हो भने अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन ।

जसमध्ये नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ । नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति पनि संक्रमणमुक्त भइसकेका छन् ।

यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।