२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना टेस्ट: जनकपुर पठाइएका ९ जनामा ‘निगेटिभ’



अ+ अ-

जनकपुर । कोरोनाभाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ९ जनालाई घर फर्काइएको छ । सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ ।

जानकी मेडिकल कलेजका डा. रामउदगार यादवका अनुसार बिरामी भएका ९ जनामा देखिएको ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप उपचारका लागि जनकपुर पठाईएको थियो ।