६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती



तस्बिर: जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा
अ+ अ-

सङ्खुवासभा। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ ।

प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको हो । सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रको किमाथाङ्का नाकासम्मका दुर्गम गाउँबस्तीमा लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्गम तथा ग्रामीण बस्तीमा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । उहाँका अनुसार यही कात्तिक १८ गतेदेखि छ दिनसम्मका गस्ती सुरु गरिएको हो ।

प्रहरी नायब उपरीक्षक मैनालीसहितको टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिलागोला, चेपुवा, किमाथाङ्का, हटियागोला, मकालु गाउँपालिकाको हेदाङना, नुमलगायत बस्तीमा गस्ती गर्ने जनाइएको छ ।

स्थानीय क्षेत्रमा शान्तिसुरक्षाको अवस्था सुदृढ गर्नाका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।

विकट भौगोलिक अवस्था र दुर्गम क्षेत्रमा नियमित गस्ती, समुदायसँग भेटघाट र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन यो गस्ती उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । भोटखोला उत्तरी क्षेत्र चीनसँग जोडिएको छ । रासस