१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पूर्व गभर्नर नै अर्थमन्त्री हुदा पनि राष्ट्र बैंकले समयमै गभर्नर पाएन

पूर्व गभर्नर नै अर्थमन्त्री हुदा पनि राष्ट्र बैंकले समयमै गभर्नर पाएन
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको पदावधि आज सकिएको छ । तर नयाँ गभर्नर को हो भन्ने आजम्म नै अन्योल छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.नेपालको पाँच वर्षे कार्यकाल आजदेखि सकिएसँगै देशमा यो अन्योल भएको छ । आज बिहान बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा नेपालको अध्यक्षतामा सञ्चालक समितिको अन्तिम बैठक बस्यो ।

बैठकले विधिवत रूपमा गभर्नरलाई धन्यवाद सहित बिदाई गरेको छ । आजै बेलुकी राजधानीको एक पाँचतारे होटलमा गभर्नरको औपचारिक बिदाई कार्यक्रम समेत राखिएको छ । सो कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, कार्यकारी निर्देशक र निर्देशकहरूलाई मात्र निम्त्याइएको बुझिएको छ ।

सरकारले आजकासम्म नयाँ गभर्नर नियुक्त नगरेका कारण भोलिदेखि बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वतः कायम मुकायम गभर्नरको जिम्मेवारी पाउनेछन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ मा बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको कामकाज गर्नेगरी कायम मुकायम मुकरर गर्ने व्यवस्थाबमोजिम नै उनले उक्त जिम्मेवारी पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा गभर्नर नियुक्तिको सार्वजनिक सूचनाको व्यवस्था रहेको छ । विगतमा गभर्नर बनिसकेका युवराज खतिवडा यतिखेर अर्थमन्त्री छन् । त्यसैले पनि पहिले पहिले जस्तो गभर्नर नियुक्तिमा अन्योल नहुने र कानुनमा भएको व्यवस्थाबमोजिम बेलैमा गभर्नर नियुक्ति गर्ने सबैले आशा गरेका थिए । तर अहिले पनि त्यसो हुन सकेन ।

ऐनको सोही दफामा बहालवाला गभर्नरको पद रिक्त हुनभन्दा सामान्यतयाः एक महिना अगावै गभर्नरको पदमा ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था रहेपनि सरकारले ऐनको उक्त व्यवस्थाको पालना गर्नेतर्फ चासो देखाएको समेत पाइएन ।

वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वतः कायम मुकायम गभर्नरको जिम्मेवारी पाएपनि नियुक्तिका लागि भने शिवाकोटी, अर्थबिद् डा.गोबिन्दबहादुर थापा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष्य डा.मिनबहादुर श्रेष्ठले तिब्र रुपमा राजनीतिक लबिङ गरिरहेको बुझिएको छ । तर पनि उहाँहरुकै नियुक्ति होला भन्ने पनि निश्चित भने छैन ।