१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

वास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवावासी

वास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवावासी
अ अ+ अ-

गोपालप्रसाद बराल, महोत्तरी । आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् । पुस्तौँदेखि बस्दै आएको जग्गा आफ्नै छिमेकका टाठाबाठाले मेरो जग्गा हो भन्दै खाली गराउन दिनदिनै उर्दी गरेपछि यस मुसहर बस्तीमा रुवाबासी चलेको छ ।

“हजुर हमर बाप दादा अही ठाम गुजरबसर कैलक, हमसभ अही ठाम जवान भेली, आब कत्त जाउ ?” (हाम्रा बाउबाजेले यसै ठाउँमा गुजारा गरे, हामी यसै ठाउँमा हुक्र्यौं, बढ्यौं, अब कहाँ जाउँ ?) सकरी पुगेका सञ्चारकर्मीको टोलीसँग बिलौना गर्दै सो बस्तीका ५० वर्षका चन्देश्वर मुसहरले भन्नुभयो, “हमरासबके परल ई बिपत्तिके के देखदेत ?” (हामीलाई परेको यो आपत्मा कसले मद्दत गरिदेलान् ?) ।

वर्षौवर्षदेखि मुसहरका पराले झुप्रा रहेका जग्गा सो बस्तीकै जगतनारायण मण्डल र उनका परिवारले आपूmले किनेको भन्दै जग्गाधनी प्रमाण पूर्जा देखाउँदै तत्काल खाली गराउन दिनदिनै उर्दी दिन थालेपछि मुसहर बस्तीमा अब कहाँ जाने भन्ने पिरोलो बढेको हो । “हमरा गरीबके कोनो सहारा नइभेल हजुर…१” (हामी गरीबका कोही सहारा भएनन् हजुर…१) सोमबार दिउँसो आफ्नै बस्तीभित्रको खाली चउरमा जम्मा भएका मुसहरको सामूहिक रोदन थियो । पछिल्ला दुई वर्षयता आफ्नै बस्तीका जगतनारायण मण्डलले झुप्रा खाली गराउन दबाब दिँदै आएपछि उठिबासको चिन्ताले पिरोलिएका मुसहररूले सञ्चारकर्मीको टोलीसँग आफ्नो व्यथा ठाउँठाउँमा पु¥याइदिन आग्रह गरेका छन् ।

“हमसभ पढलिख नईसकल मुरख छि हजुर” (हामी लेखपढ गर्न नजान्ने मुर्ख छौं हजुर) भेलामा बलिन्द्र धारा आँशु काढ्दै रामराजी सादा मुसहरले सञ्चारकर्मीसँग भन्नुभयो, “आब हमरासभके वात अहाँसभ ठामठाम पहुँचा दिय” (अब हाम्रा कुरा ठाउँठाउँमा तपाइँहरु पुर्याई दिनोस्) । बस्तीका मालिक (अन्य जाति समुदायका आपmुले काम गर्ने धनीलाई मुसहर मालिकको सम्बोधन गर्छन्) हरुले जवानीभरि काम खाएर बुढेसकालमा लघार्न खोजेका त्यहाँका पाका मुसहर महिलाको गुनासो छ ।

छिमेककै लोहारपट्टी (भङ्गाहासँगै सीमा जोडिएको जिल्लाकै लोहारपट्टी नगरपालिकाको लोहारपट्टी बस्ती) का जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) सुनरलाल साह र रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ) मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन्तान र नातेदारले झुप्रा रहेको जग्गा अर्कैको नाउँमा रजिष्ट्रेशन गरिदिएर घर भत्काइ दिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो ।

आफ्नो जवानीको सारा जोश र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई रजिष्ट्रेशन गरिदिएपछि छाँगाबाट खसेजस्ता भएका छन् । “कि करु हजुर जिम्दार साहब त अई दुनियाँ सऽ चैल गेला” (के गरुँ हजुर, जिम्दार साहब त यो दुनियाँबाट बिदा भए) सो बस्तीका श्रीकिशुन मुसहर बिलौना गर्दै भन्नुहुन्छ, “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सबके उठ्व चाहैछैथ ।’(अहिले आएर उहाँका नातेदार हाम्रो उठिवास गराउन लागिपरेका छन्) ।

लोहारपट्टीका जिम्दार स्व सुनरलाल साह र रामखेलावनले बसाएका मुसहरले घर झुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै सुनरलालका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि २५ घर आपूmहरुलाई रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कठ्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको सो बस्तीका मुसहरको भनाइ छ ।

विसं २०२२ तिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी गरिदिएका सकरीका बुढापाका बताउँछन् । २०६५ सालमा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहबरमा पाँच कठ्ठा जग्गा आपूmहरुका घर झुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडिदिएको सो बस्तीका मुसहर बताउँछन् ।

अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगतनारायण मण्डललाई आपूmहरुको घर झुप्रो भएको जग्गा पास गरिदिएपछि जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सिर्वती सादा मुसहरको भनाइ छ । “बापदादा बैसल ठाम स घर हटावलेल मण्डल कहैछैथ” (बाउबाजे बसेका ठाउँबाट झुप्रा हटाउन मण्डलका परिवार भन्नुहुन्छ) सिवर्ती भन्नुहुन्छ,“थाना, चौकी आ बड्का हाकिमसभ ओसभ्के वात देखाक डटैछैथ, आब हमसभ कत्त जाउ ?” (थाना, चौकीं र अन्य हाकिम पनि उनीहरुकै (मण्डलकै) बोली टिप्छन् हजुर…,अब हामी कहाँ जाउँ..?

लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा आपmुले किनेको भन्ने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझ पचाउन थालेका मुसहरहरुको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको छोटो प्रतिक्रिया दिनुभयो ।

मुसहरले अब घर खाली गरी दिनुपर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने बिमल र जगतका परिवारको एउटै भनाइ छ । जगत अहिले अवैध मदिरा भट्टी सञ्चालन गरेको आरोपमा पक्राउ भएर प्रहरी हिरासतमा भए पनि उनका परिवारजनले दिनहुँ धम्की दिने गरेको रामनारायण सादा मुसहर बताउनुहुन्छ ।

यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आपmुले सहमतिमा पाँच कठ्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरिदिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउनुहुन्छ । सकरीमा २०२० सालताका २५÷३० वर्षको उमेरमा बसेका मुसहरहरुको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिदैन । पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाहरुको षड्यन्त्र भएको जिल्लाकै बर्दिवास–५ चेरुका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता तेजप्रसाद अधिकारी बताउनुहुन्छ ।

अधिकारीले भन्नुभयो,“२०६५ सालतिर जग्गाधनी रामकिशोरजी, जग्गा नाउँमा हुने बिमलजी र अहिले जग्गा लिने जगतजीसहितको सहमतिमा २५ घर मुसहरलाई पाँचकठ्ठा जग्गा छुट्याइएको हो ।” आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षड्यन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरीत भएको अधिकारीको थप भनाइ छ ।

आपूmहरुको दुःख पुकारा सुनेर पराले झुप्राका ठाउँमा पक्की घर बनाइ दिने पहलकदमीका लागि कतिपय संस्थाका प्रतिनिधि आए पनि झुप्रेबस्ती भएको ठाउँ अर्कैको नाउँमा दर्ता रहेको बुझेपछि त्यत्तिकै फर्कने गरेका सकरीका मुसहर बताउँछन् । बेसहारा आपूmहरुको अवस्था बुझेर पहलकदमी लिइदिन त्यहाँका मुसहरको सबैसँग पुकारा छ ।