१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पार्वतीकुण्डको संरक्षण गरिँदै

पार्वतीकुण्डको संरक्षण गरिँदै
अ अ+ अ-

ज्ञानेन्द्र न्यौपाने,रसुवा । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान शुरू गरिएको गतलाङका समाजसेवी पेम्बा तामाङले जानकारी दिनुभयो ।

उत्तरी रसुवाको तामाङ सम्पदामार्गमा अवस्थित पार्वतीकुण्डको सफाइ अभियानअन्तर्गत कुण्डका डिलका बोझो हटाई स्नानका लागि सहज बनाउन सकिए पनि बीच भागको पूरै बोझो क्रमिक रूपमा हटाइने छ । धार्मिक एवं पौराणिक तीर्थको महत्व बढाउन जनसहभागिता समेत जुटिरहेको बताइएको छ । समुद्री सतहदेखि करीब दुई हजार ४०० मिटर उचाइमा गतलाङ गाउँको शिरमा अवस्थित उक्त पवित्र तीर्थमा जनैपूर्णिमा, गङ्गादशहरालगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ ।

पार्वतीकुण्डमा स्नान गरी पूजाआजा गर्नाले शरीरको रोगव्याधि हट्ने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रआिएकाले गोसाइँकुण्ड पुगेका धार्मिकयात्रु पार्वतीकुण्ड पुग्नैपर्ने मान्यता रहेको पुरोहित टङ्प्रसाद ढकालले बताउनुभयो ।
काठमाडौंँदेखि त्रिशूली, बेत्रावती, धुञ्चे, स्याफ्रुबेंसी, गोल्जुङ हुँदै मोटरबाट सहज रूपमा पुगी पार्वतीकुण्डमा स्नान गर्न सकिने भएकाले सहज रूपको तीर्थ पुग्न स्थानीय बासिन्दाका तर्फबाट सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको समाजसेवी तामाङले बताउनुभयो ।
धार्मिक मान्यतानुरूप उत्तराखण्डमा अवस्थित एक सय आठकुण्डमध्ये अहिलेसम्मको अनुभवमा गोसाइँकुण्ड एवं पार्वतीकुण्ड मात्र स्नान गर्ने गरेको देखिएकाले रसुवामा रहेका सबै कुण्डका प्रचारप्रसार गर्नसके जिल्लाको गरिमा थप उचाइमा पुग्ने स्थानीयबासीले बताएका छन् । रसुवामा अवस्थित सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड जस्ता तीर्थ थोरबहुत प्रचारमा आए पनि यी कुण्डमा जाने तीर्थयात्रु भने बिरलै पाइएको छ । यस्तै पितृतर्पणका लागि पहिलो पुग्नुपर्ने अर्को महत्वपूर्ण तीर्थ बेत्रावती, उत्तरगयाधाममा भने क्रमिक रूपले पूर्वाधारको काम अगाडि बढिरहेको उत्तरगया संरक्षण समितिले जनाएको छ । बेत्रावतीमा पिण्ड तर्पण गर्नाले दिवङ्गत पितृलाई स्वर्गलोकमा शान्ति मिल्ने विश्वासका कारण प्रत्येक वर्ष पौषेऔँसीमा बेत्रावती पुग्न स्थानीय पुरोहितले सबैसँग आग्रह गरेका छन् ।