१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

‘बिहेवारी, बीस वर्षपारि’ लाई व्यावहारिकतामा ढाल्दै

‘बिहेवारी, बीस वर्षपारि’ लाई व्यावहारिकतामा ढाल्दै
अ अ+ अ-

सुशीला रेग्मी, रामपुर । बालविवाह न्यूनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन । परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छन् यसले सामाजिकरूपमा पनि असर पारिरहेको छ । यिनै वास्तविकतालाई दृष्टिगत गरी बालविवाह न्यूनीकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ ।

रामपुर नगरपालिका–६ को कार्यालयले ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइबारे सचेत गराउँदै विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न थालेको हो । वडा कार्यालयले विद्यालयमा पुगेर बालबालिकालाई बालविवाहबारे सचेत गराउँदै विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

यहाँका दरैठाँटी माविमा यस वर्ष एक जना विद्यार्थीको विद्यालय उमेरमा नै विवाह भयो । त्यस्तै नवदुर्गा माविमा उमेर नपुग्दै गत वर्ष दुईले विवाह गरेर घरजम गरेका छन् । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो ।

‘म र मेरो समाजको भूमिका, बालविवाह’ जस्ता शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरी बालविवाह न्यूनीकरणको अभ्यासमा लागेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । “बालविवाह न्यूनीकरण गरी शून्यमा पु¥याउन हामीले पहिला विद्यालयबाट अभियान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “निबन्ध लेख्न लगाउने र पुरस्कृत गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।”

विद्यालयबाट शुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारपक्षसम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिँदै उहाँले वडामा बालविवाहको दर शून्यमा पु¥याउने लक्ष्यका साथ लागेको बताउनुभयो । बालविवाह न्यूनीकरणसम्बन्धमा वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताउनुभयो ।

“बालविवाह न्यूनीकरण गर्न वडाले विद्यालयमै कार्यक्रम गर्न आएपछि विद्यार्थी सचेत बनेका छन्, विद्यार्थीको सहभागिता राम्रो रहेको हुँदा यो कार्यक्रम एउटा वडामा मात्र नभई नगरका सबै वडाले गर्नुपर्छ”, प्रधानाध्यापक देवकोटाले भन्नुभयो ।

प्रत्येक वडा कार्यालयले वडाभित्रका विद्यालयमा गएर बेलाबेलामा बालविवाह न्यूनीकरणका सन्दर्भमा विभिन्न कार्यक्रम गरेको खण्डमा शून्यमा नै पु¥याउन सजिलो हुने उहाँको भनाइ छ । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा सङ्गीता बस्यालले निबन्ध लेखनलगायतका विभिन्न बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम हुन थालेपछि विद्यार्थीमा उमेर नपुग्दै विवाह गर्नु हुँदैन भन्नेमा सबै सचेत रहन थालेको बताउनुहुन्छ ।

यस्ता सचेतनामूलक कार्यक्रम बेलाबेलामा सञ्चालन गरी विद्यार्थीलाई नै सचेत गराइयो भने बालविवाह कम हुँदै जाने अर्का छात्रा सुप्रिया गैरेले बताउनुभयो । वडाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिविद्यार्थी रु एक हजार ५०० का दरले स्वास्थ्य प्रवद्र्धन पौष्टिक सामग्री पुरस्कारका रूपमा दिइने गरेको छ ।

वडा कार्यालयबाट गरिएको कार्यक्रम असाध्यै राम्रो र बालविवाह न्यूनीकरण गर्न सहयोगीमूलक रहेको नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । बालविवाह बढी हुने समुदायका अभिभावक, विद्यार्थीलाई नै सँगै राखेर सचेतनामूलक कार्यक्रम गरेमा झन प्रभावकारी बन्ने उहाँको भनाइ छ ।

“शिक्षकले कक्षाकोठामा पढाउँदा बालविवाह गर्नुहुन्न भनेर शिक्षा दिए पनि अझै पनि जनजाति, आदिवासी, दलित समुदायमा यदाकदा कायमै छ, वडा कार्यालयले विद्यालयमा गएर बालविवाह न्यूनीकरण अभियान चलाउन थालेपछि केही हदसम्म कमी आउन थालेको छ”, उहाँले अनुभव सुनाउनुभयो ।

अझै पनि अभिभावकमा उमेर नपुग्दै छोराछोरीको विवाह गर्नुहुन्न भन्ने मानसिकतामा परिवर्तन नआउँदा पनि बालविवाहको दरलाई शून्यमा पु¥याउन सकिएको छैन ।