६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो
अ+ अ-

एजेन्सी । निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक भएपछि स्पेनमा उहाँको राजनीतिक विरासत र दिवङ्गत तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे व्यापक बहस सुरु भएको छ ।

यो पुस्तकको प्रकाशन सन् १९७५ नोभेम्बर २० मा फ्रान्कोको निधनको ५०औँ वार्षिकोत्सवसँग मेल खान्छ । दुई दिनपछि अर्थात् नोभेम्बर २२ मा जुआन कार्लोस स्पेनका राजाका रूपमा घोषणा हुनुभएको थियो ।

संस्मरणमा ८७ वर्षीय पूर्व राजाले स्पेनलाई लोकतन्त्रमा रूपान्तरण गर्ने भूमिकादेखि पारिवारिक तनाव र साउदी अरेबियाबाट लाखौँ युरो लिने गल्ती स्वीकार गर्नुभएको विषयसम्मका प्रसङ्ग समेटिएका छन् ।

फ्रान्सेली लेखिका लरेन्स डेब्रेसँग सह–लेखन गरिएको ५०० पृष्ठको यो जीवनी ‘रिकन्सिलिएशन’ बुधबार फ्रान्सेली भाषामा प्रकाशित भएको हो । डिसेम्बर ३ मा यसको स्पेनी संस्करण सार्वजनिक हुने तयारी छ ।

– फ्रान्कोप्रति ‘आदर र सम्मान’ –

पुस्तकको सबैभन्दा विवादास्पद अंशहरूमा जुआन कार्लोसले तानाशाह फ्रान्कोबारे उल्लेख गरेका टिप्पणीहरू हुन् । उहाँले फ्रान्कोप्रति आफूले ‘ठूलो सम्मान’ राख्ने गरेको र उहाँलाई ‘कहिलेकाहीँ कोमल र परोपकारी’ व्यक्ति ठान्ने गरेको लेख्नुभएको छ ।

फ्रान्कोले जुआन कार्लोसलाई १० वर्षको उमेरमा निर्वासनबाट स्पेन फर्काएर आफ्नो उत्तराधिकारीका रूपमा हुर्काउनुभएको थियो । “मैले उहाँको राजनीतिक बुद्धिमत्ता र नेतृत्व क्षमताको प्रशंसा गरेँ । मैले कसैलाई पनि मेरो सामु उहाँको आलोचना गर्न अनुमति दिइनँ”, उहाँले संस्मरणमा लेख्नुभएको छ ।

संस्कृति मन्त्री अर्नेस्ट उर्टासुनले ती टिप्पणीको तीव्र निन्दा गर्दै भन्नुभयो, “आजको समयमा कसैले तानाशाहको बचाउ गर्नु वा उहाँको कार्यलाई औचित्य दिन खोज्नु अत्यन्तै खेदजनक कुरा हो ।”

– लोकतन्त्रतर्फको सङ्क्रमण र आलोचना –

सन् १९७५ मा फ्रान्कोको मृत्युपछि स्पेनलाई लोकतन्त्रको दिशामा लैजाने श्रेय जुआन कार्लोसलाई नै दिइन्छ । उहाँले संवैधानिक राजतन्त्रलाई स्वीकार्दै संसदीय प्रणालीको समर्थन गरेर फ्रान्कोका अनुयायीहरूलाई निराश पार्नुभएको थियो ।

तर, राजतन्त्रको विरोध गर्ने वामपन्थी पार्टी सुमारका नेता उर्टासुनले भन्नुभयो, “लोकतन्त्र त ती हजारौँ नागरिकहरूले स्थापना गरेका थिए जसले यातना सहे, जेल बसे र आफ्नो जीवनसम्म बलिदान गरे ।”

पूर्व प्रधानमन्त्री जोसे लुइस रोड्रिगेज जापाटेरोले पनि राजाले फ्रान्कोबारेका टिप्पणीहरू ‘नरम पार्नु पर्ने’ बताउनुभएको छ । उहाँका अनुसार फ्रान्कोको शासन यातना, मृत्युदण्ड र कठोर सेन्सरसिपमा आधारित थियो ।

– राजाको स्व–निर्वासन र मौनता –

सन् २०१४ मा छोरा राजा फेलिप छैटौँका पक्षमा गद्दी त्यागेपछि जुआन कार्लोस सन् २०२० देखि संयुक्त अरब इमिरेट्समा स्व–निर्वासनमा बस्दै आउनुभएको छ । उहाँले नोभेम्बर २१ मा राजाका रूपमा घोषणाको ५०औँ वार्षिकोत्सव मनाउने औपचारिक कार्यक्रममा भाग नलिने निर्णय गर्नुभएको छ ।

शाही परिवारले यसबारे टिप्पणी गर्न अस्वीकार गर्दै यो कदम जुआन कार्लोसको ‘अवकासपछिको जीवनशैलीसँग सुसङ्गत’ भएको जनाएको छ ।

– बढाइँचढाइँ गरिएको जीवनी –

म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयका इतिहासविद् डेभिड सान नार्सिसो मार्टिनका अनुसार यो पुस्तक ‘राजालाई पुनः सार्वजनिक आवाज दिने प्रयास’ हो । उहाँले भन्नुभयो, “फ्रान्कोको चित्रणमा राजाले अत्यन्तै व्यक्तिगत व्याख्या प्रस्तुत गर्नुभएको छ, जुन इतिहाससँग मेल नखान सक्छ ।”

उहाँका अनुसार राजाले फ्रान्कोले स्पेनमा लोकतन्त्र ल्याउने योजना गर्नुभएको थियो भन्ने भ्रम फैलाउन खोज्नुभएको छ, जुन ऐतिहासिक दृष्टिले गलत छ ।

स्पेनी लेखिका लुज सान्चेज–मेलाडोले दैनिक एल पाइसमा पुस्तकलाई ‘बढाइँचढाइँ गरिएको जीवनी’ भन्दै लेख्नुभएको छ । उहाँका अनुसार यो पुस्तकले जुआन कार्लोसलाई ‘आफ्नो हरेक इच्छालाई कानूनका रूपमा प्रयोग गरेको, तर अहिले कोही पनि आफ्नो आदेश नमान्दा अचम्म मान्ने राजा’ का रूपमा चित्रण गर्छ ।

सन् २०१२ मा आर्थिक सङ्कटको बीचमा उहाँ बोत्सवानामा विलासी हात्ती सिकार यात्रामा गएको खुलासा भएपछि जुआन कार्लोसविरुद्ध जनमत तीव्र रूपमा फेरिएको थियो । त्यसयता उहाँमाथि वित्तीय घोटाला र विवाहेतर सम्बन्धका आरोपहरू पनि लागेका छन् ।

स्पेनी संस्करण अझ सार्वजनिक नहुँदै पनि यो पुस्तक कासा डेल लिब्रो पुस्तक पसल सञ्जालमा सबैभन्दा धेरै बिक्री हुने गैर–काल्पनिक शीर्षक बनेको छ ।

पुस्तकमा राजाले लेख्नुभएको छ, “म अन्ततः मेरो कथा लेख्ने निर्णयमा पुगेँ, किनकि मेरो कथा मबाट चोरी भइरहेको थियो । मेरा पिताले मलाई यस्तो कहिल्यै नगर्न चेतावनी दिनुभएको थियो ।”