काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप २१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र १३७ संक्रमित थपिएका छन्।
काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन् । आईतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।