४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

मोदीले बनाए गोगोईलाई राज्यसभाको सदस्य, न्यायप्रणालीमा मोदीको हस्तक्षेप

मोदीले बनाए गोगोईलाई राज्यसभाको सदस्य, न्यायप्रणालीमा मोदीको हस्तक्षेप
अ+ अ-

काठमाडौंः
भारतीय राजनीति र न्याय क्षेत्रमा अहिले नयाँ बहस शुरु भएको छ । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोई अवकाश पाएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको सिफारिसमा राष्ट्रपतिले राज्यसभाको सदस्यमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको हो । कानुनका जानकारहरुले प्रधानमन्त्री मोदीले भारतीय न्याय व्यवस्थालाई धराशायी बनाउन र न्यायाधीशहरुलाई ललिपप देखाएर फैसलामा प्रभाव पार्न खोजेको बताएका छन् ।

रन्जन गाेगाेइ (बायाँ) र नरेन्द्र माेदी (दायाँ) । तस्वीरः पिटिअाइ

भारतीय इतिहासमै कुनै सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा सो सरहको पदमा रहेको पदाधिकारीलाई अवकाश भएलगत्तै राज्यसभामा मनोनयन गरिएको यो पहिलो घटना हो । भारतमा विगतमा केही न्यायाधीशलाई राज्यसभामा मनोनयन गरिए पनि अवकाश र नियुक्तीको समयावधि लामो हुने गरेको थियो ।

को हुन् गोगोई ?
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोईले उमेर हदका कारण चार महिना अघि अवकाश पाएका थिए । गोगोईको नियुक्तीले कार्यपालिका र न्यायपालिकाबीच शक्तिको पृथकीकरण सम्बन्धी संवैधानिक प्रावधानमाथि नै गम्भीर प्रश्न उब्जाएको भारतीय विद्वानहरुको भनाई छ । किनभने गोगोईले मोदी सरकारकै पालामा केही राजनीतिक महत्वका मुद्दाहरुमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बल पुग्ने गरी विवादास्पद फैसला गरेका थिए । उनले मोदी सरकारको निकै ठूलो विजयको रुपमा हेरिएको विवादास्पद राफेल विमान खरिद, केन्द्रीय अन्वेषण ब्युरो (सिबिआइ)का निर्देशक आलोक वर्माको बर्खास्ती, अयोद्या प्रकरण र अरु कैयन मुद्दामा सरकारको पक्षमा फैसला गरिदिएका थिए ।

विरोधको स्वर
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ट अधिवक्ता दुश्यन्त डाभेले द वायर लाई प्रतिक्रिया दिँदै भनेका छन् – यो पूर्ण रुपमा खेदजनक कार्य हो । न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा ध्वस्त बनाइएको छ । अर्की वकील करुना नन्दीले ट्वीटमा भनेकी छिन् – म आज अति दुःखी छु । यो पागलपन हो । राज्यसभाको एक सिटका लागि संवैधानिक स्वामित्वलाई उपेक्षा गरियो ।