१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले बनाए गोगोईलाई राज्यसभाको सदस्य, न्यायप्रणालीमा मोदीको हस्तक्षेप



अ+ अ-

काठमाडौंः
भारतीय राजनीति र न्याय क्षेत्रमा अहिले नयाँ बहस शुरु भएको छ । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोई अवकाश पाएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको सिफारिसमा राष्ट्रपतिले राज्यसभाको सदस्यमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको हो । कानुनका जानकारहरुले प्रधानमन्त्री मोदीले भारतीय न्याय व्यवस्थालाई धराशायी बनाउन र न्यायाधीशहरुलाई ललिपप देखाएर फैसलामा प्रभाव पार्न खोजेको बताएका छन् ।

रन्जन गाेगाेइ (बायाँ) र नरेन्द्र माेदी (दायाँ) । तस्वीरः पिटिअाइ

भारतीय इतिहासमै कुनै सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा सो सरहको पदमा रहेको पदाधिकारीलाई अवकाश भएलगत्तै राज्यसभामा मनोनयन गरिएको यो पहिलो घटना हो । भारतमा विगतमा केही न्यायाधीशलाई राज्यसभामा मनोनयन गरिए पनि अवकाश र नियुक्तीको समयावधि लामो हुने गरेको थियो ।

को हुन् गोगोई ?
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोईले उमेर हदका कारण चार महिना अघि अवकाश पाएका थिए । गोगोईको नियुक्तीले कार्यपालिका र न्यायपालिकाबीच शक्तिको पृथकीकरण सम्बन्धी संवैधानिक प्रावधानमाथि नै गम्भीर प्रश्न उब्जाएको भारतीय विद्वानहरुको भनाई छ । किनभने गोगोईले मोदी सरकारकै पालामा केही राजनीतिक महत्वका मुद्दाहरुमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बल पुग्ने गरी विवादास्पद फैसला गरेका थिए । उनले मोदी सरकारको निकै ठूलो विजयको रुपमा हेरिएको विवादास्पद राफेल विमान खरिद, केन्द्रीय अन्वेषण ब्युरो (सिबिआइ)का निर्देशक आलोक वर्माको बर्खास्ती, अयोद्या प्रकरण र अरु कैयन मुद्दामा सरकारको पक्षमा फैसला गरिदिएका थिए ।

विरोधको स्वर
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ट अधिवक्ता दुश्यन्त डाभेले द वायर लाई प्रतिक्रिया दिँदै भनेका छन् – यो पूर्ण रुपमा खेदजनक कार्य हो । न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा ध्वस्त बनाइएको छ । अर्की वकील करुना नन्दीले ट्वीटमा भनेकी छिन् – म आज अति दुःखी छु । यो पागलपन हो । राज्यसभाको एक सिटका लागि संवैधानिक स्वामित्वलाई उपेक्षा गरियो ।