२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ सिक्सेस क्रिकेटः नेपालले भारतलाई ९२ रनले हरायो



अ+ अ-

काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले भारतमाथि सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो ।

उसका लागि भरत चिप्ली र प्रियांक पाञ्चालले १२–१२ रन जोड्दा दिनेश कार्तिक र शहबाज नमिमले ७–७ रन जोडे । बलिङतर्फ नेपालका राशिद खानले तीन, बसिर अहमदले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा १३७ रन जोड्यो । नेपालका लागि राशिद खानले ५५, सन्दीप जोराले ४७ र लोकेश बमले ३१ रन जोडे । भारतका कुनैपनि खेलाडीले नेपालको विकेट झार्न सकेनन् ।

जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो ।

साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग सत्र रनले पराजित भएको थियो ।