काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले भारतमाथि सानदार जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो ।
उसका लागि भरत चिप्ली र प्रियांक पाञ्चालले १२–१२ रन जोड्दा दिनेश कार्तिक र शहबाज नमिमले ७–७ रन जोडे । बलिङतर्फ नेपालका राशिद खानले तीन, बसिर अहमदले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा १३७ रन जोड्यो । नेपालका लागि राशिद खानले ५५, सन्दीप जोराले ४७ र लोकेश बमले ३१ रन जोडे । भारतका कुनैपनि खेलाडीले नेपालको विकेट झार्न सकेनन् ।
जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो ।
साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग सत्र रनले पराजित भएको थियो ।










