१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

लोप हुँदै ढिकी जाँतो र हातेमुसल

लोप हुँदै ढिकी जाँतो र हातेमुसल
अ अ+ अ-

पुरुषोत्तम थापा, दुल्लु । पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।

ढिकी जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी जाँतोले गुञ्जायमान हुने गाउँघरका बस्ती आजभोलि सुनसान हुन थालेका छन् । आवाज नसुनिँदा गाउँघरका अन्न उत्पादन हुन छाडेको हो कि भन्नेसमेत भान हुन्छ । गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् कि भनेर आकलन पनि गर्न सकिन्छ ।

मिरमिरेमा भालेको डाकसँगै उठेर कुटानीपिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला आजभोलि गाउँघरमा भित्रिएका पानीमिल र आधुनिक घट्टले गर्दा सुविधा ल्याएको बताउँछन् । “पहिला ढिकी जाँतो, हातेमुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ”, पश्चिम दैलेख ठाटीकाँध गाउँपालिका–१ की नैना शाहीले भन्नुभयो, “कुटानीपिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौँ ।”

आधुनिक घट्ट र टुकटुके मिलले गाउँमा पाइने जैविक अन्नको स्वाद भने फरक बनाइदिएको सोही ठाउँका ९० वर्षीया भगे कामीले बताउनुभयो । “महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगार्यो, ढिकी र जाँतोमा कुटानीपिसानी गरेका अन्नमा पाइने स्वाद हराउन छाडेको छ”, उहाँले भन्नुभयो । गाउँमा आउने पर्यटकलाई आधुनिक मिल र पानीघट्टले रिझाउन नसक्ने दुल्लु नगरपालिका–९ धामीगाउँका शेर्वानाथ योगीले बताउनुभयो । उहाँका अनुसार घट्ट र मिलसँगै सम्बन्धित निकायले परम्परागत यन्त्रलाई लोप हुन नदिने योजना ल्याउनुपर्छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की मनिषा शाही भने आधुनिक यन्त्रले किशोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएको बताउनुहुन्छ । । “सात–आठ वर्ष पहिला विद्यालय जानुभन्दा पहिला कुटानीपिसानी गर्नुपथ्र्यो, अहिले स्कूल बिदाको दिन पानीघट्टमा गएर धुलो पिसेर ल्याइहाल्छम”, उहाँ भन्नुभयो । आधुनिकयन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको उहाँले बताउनुभयो ।

ग्रामीण भेगमा घट्टमा पिसानी गरेको शुल्क मानापाथी दिइने चलन छ । तीस केजी गहुँ वा मकै पिसेको तीन माना गहुँ वा मकै तिर्नुपर्छ । मिलमा कुटानीपिसानी गर्दा भने रकम तिर्ने गरिन्छ । महिलालाई केही सुविधा भए पनि आधुनिक मिल वा घट्टमा अहिले पनि महिलाकै उपस्थिति छ । जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराको जोड छ । “हामीले आधुनिक परिवर्तनसँगै महिलाका दुःख देखेर पानीघट्ट बनायौँ तर संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौँ ।”

उहाँका अनुसार स्वादिलो खानाका लागि हातेमुसल, ढिकी जाँतो लोप हुन दिनुहुँदैन । उहाँले भन्नुभयो, “पछिल्लो समय गाउँबस्तीबाट हातेमुसल, ढिकी जाँतो लोप हुँदै गए पनि यहाँका बासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न पाहुनालाई ढिकी जाँतोमा कुटानीपिसानी गरेको खाना खुवाउने गर्छन् ।”