१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

परीक्षार्थी बास खोज्दै हैरान !

परीक्षार्थी बास खोज्दै हैरान !
अ अ+ अ-

सुर्खेत । भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर नछोडेकी छोरी सर्वणालाई दल्लीमा बसाई र अपरिचित ठाउँमा कसरी परीक्षा दिलाउने भन्ने चिन्ताले सताएको छ । खत्रीको घर नजिकै त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र भए पनि सो ठाउँमा परीक्षा दिन उहाँले पाउनुभएन । उक्त विद्यालयका विद्यार्थीलाई एक दिन टाढाको दूरीमा रहेको दल्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी गराउन केन्द्र तोकिएको छ ।

त्यस्तै कर्णबहादुर खत्रीकी छोरी निशा खत्री पनि पहिलो पटक घर छोडेर दल्लीस्थित परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै हुनुहुन्छ । छोराछोरीको व्यवस्थापनका लागि जाँदै गरेको ईश्वरी खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षामा धेरै विद्यार्थी सहभागी हुँदैछन्, ठाउँ सानो छ, कसरी कोठा व्यवस्थापन गर्ने नानीहरुलाई चिन्ता लागेको छ, सरकारले के गरेको होला यस्तो, विद्यार्थी र अभिभावकलाई यातना ?”

त्यस्तै दल्लीका विद्यार्थी तल्लुस्थित वीरेन्द्र हिमालय माविमा रहेको परीक्षा केन्द्रमा सहभागी हुँदैछन् । उनीहरु पनि अभिभावकको सहारामा बास खोज्दै स्थानीयवासीको घरमा भौँतारिरहेका छन् । खानेपानी, विद्युत् र बासको राम्रो व्यवस्थापन नभएको ठाउँमा परीक्षा केन्द्रहरु राखिँदा परीक्षार्थी मानसिक तनावमा रहेको पाइएको छ ।

विद्यार्थीको सङ्ख्या जत्तिकै अभिभावकको सङ्ख्या हुँदा बास बस्ने ठाउँको समेत अभाव हुने गरेको अभिभावकको भनाइ छ । अध्ययन गरेकै विद्यालयमा रहेको परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिन नपाउने नीतिका कारण यहाँका हजारौँ विद्यार्थी घर छाडेर टाढाको परीक्षा केन्द्रमा गई परीक्षा दिन बाध्य छन् । यही चैत ६ गते एसइई सञ्चालन हुने भएकाले सोभन्दा अगाडि अहिले विद्यार्थी र अभिभावकको भीड परीक्षा केन्द्रकै आसपासका गाउँमा बढेको छ । छोराछोरीको बास व्यवस्थापनका लागि परीक्षा केन्द्र नजिकका गाउँमा कोठा मिलाइरहेको अभिभावकले बताएका छन् । सदरमुकामबाहेक अन्य ठाउँमा रहेका परीक्षा केन्द्रमा आवासको राम्रो व्यवस्था नहुँदा बासको लागि समस्या हुँदै आएको छ ।

जाजरकोट मात्र होइन, रुकुम पश्चिम, डोल्पा र सल्यानलगायत कर्णाली प्रदेशका दुर्गम गाउँमा रहेका विद्यार्थी अहिले अभिभावकको साथमा पढाइभन्दा बस्ने कोठाको व्यवस्थापको लागि भौँतारिरहेका छन् । धेरै मात्रामा मानिसको भीड हुने भएकाले यो समयमा व्यवस्थापनको ठूलो चुनौती थपिँदै आएको छ । पढेको विद्यालयभन्दा फरक ठाउँबाट परीक्षा दिँदा भूगोलको बारेमा ज्ञान नहुँदा अधिकांश विद्यार्थीको परीक्षाको नतिजा राम्रो नहुने गरेको अभिभावकले बताएका छन् ।

परीक्षामा सहभागी विद्यार्थीलाई व्यवस्थापनमा धेरै खर्चसमेत हुने गरेको छ । आफैँ खाना पकाएर परीक्षामा सहभागी हुनुपर्ने अवस्था रहेको अधिकांश विद्यार्थीले बताएका छन् । बारेकोट गाउँपालिकाको लिम्सास्थित ऐश्वर्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सहभागी नलगाड नगरपालिका–१३ का विद्यार्थी रतन विकले भन्नुभयो, “बाबाको निधन भएको पाँच वर्ष भयो, आमासँग पैसा थिएन, त्यसैले पिठो बोकेर ल्याएको छु, आज आइपुगियो, भोलि बिहानै दाउरा जम्मा गरी खाना पकाउने व्यवस्था मिलाउनु पर्ला ।”

यस्तै विद्यार्थीलाई केन्द्र परिवर्तन गरी परीक्षामा सहभागी गराउनुभन्दा शिक्षकलाई फरक केन्द्रको जिम्मा दिएर काममा सहभागी गराउनुपर्ने माग उठेको छ । विद्यार्थीलाई मानसिकरूपमा चोट पुग्ने भएकाले राज्यकोषबाट तलब बुझ्ने शिक्षकलाई फरक केन्द्रमा सहभागी गराएर परीक्षा सञ्चालन गराएमा विद्यार्थीको समस्या हल हुने अभिभावकको भनाइ छ ।

अहिले विद्यार्थीलाई फरक केन्द्रमा परीक्षा दिन लगाउने तर शिक्षक आफ्नै विद्यालयमा केन्द्राध्यक्षदेखि अन्य पदमा सहभागी भएर माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुँदै आएको छ ।