२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नामाकरण र राजधानी तोक्न मतदान शुरू



अ+ अ-

जनकपुर । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न मतदान शुरू भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको छ भने यसपछि अन्य नाममा मतदान हुने बताइएको छ।

जुन नाममा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने बताइएको छ।