२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नामाकरण र राजधानी तोक्न मतदान शुरू



अ+ अ-

जनकपुर । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न मतदान शुरू भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको छ भने यसपछि अन्य नाममा मतदान हुने बताइएको छ।

जुन नाममा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने बताइएको छ।