१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

संसदको काम कारवाही रोक्नुपर्ने सांसदहरुको माग

संसदको काम कारवाही रोक्नुपर्ने सांसदहरुको माग
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् । सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा कुनै विजनेश पनि देखिँदैन् । सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरि तलमाथि भयो भने ठूलो क्षति निम्त्याउछ ।’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताउनुभयो । भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उहाँले सावधानी अपनाउनुपर्ने बताउनुभयो । अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उहाँले संसद पनि २-४ दिनभन्दा बढी नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद २-४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन । अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन् ।’

सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताउनुभयो । संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उहाँले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताउनुभयो ।

सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताउनुभयो । नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।