२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको काम कारवाही रोक्नुपर्ने सांसदहरुको माग



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् । सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा कुनै विजनेश पनि देखिँदैन् । सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरि तलमाथि भयो भने ठूलो क्षति निम्त्याउछ ।’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताउनुभयो । भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उहाँले सावधानी अपनाउनुपर्ने बताउनुभयो । अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उहाँले संसद पनि २-४ दिनभन्दा बढी नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद २-४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन । अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन् ।’

सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताउनुभयो । संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उहाँले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताउनुभयो ।

सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताउनुभयो । नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।