१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरानाको प्रभाव : अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

कोरानाको प्रभाव : अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् ।

पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उहाँले भन्नुभयो, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।”

विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ । साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ । विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ ।

पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब पाँच हजार मात्रै यात्रु आगमन भइरहेको विमानस्थलले जनाएको छ ।

चीनमा कोरोनाको सङ्क्रमण नियन्त्रणमा आइसकेकाले अब छिट्टै चीनबाट काठमाडौँ उडान सङ्ख्या बढ्ने विमानस्थलले जनाएको छ । चीनबाट उडान गर्ने वायु सेवा प्रदायकले अहिले पनि यात्रु पाएको खण्डमा उडान गर्न तयार रहेकाले आगामी दिनमा चीनबाट नेपालमा हुने उडान बढ्ने महाप्रबन्धक केसीको विश्वास छ । विमानस्थलमा अहिले यात्रुको चहलपहल निकै घटेको छ । प्रस्थान तथा आगमनमा विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । आन्तरिक उडानमा पनि यात्रु घटेपछि उडान सङ्ख्या कटौती भएका छन् । वायुसेवा प्रदायकले सस्तो मूल्यमा टिकट बिक्री वितरण गरी व्यवसाय सञ्चालनलाई निरन्तरता दिएका छन् ।

अहिले मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब घाटा हुने वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्र्दै आएका छन् ।