२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताउनुभएको छ ।

नेता सिंहले काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उहाँले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उहाँकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिनुभयो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज(कृष्ण) बानियाँले जनताको पक्षमा काँग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्नसक्ने बताउनुभयो ।