२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमल र पुतलीसडक क्षेत्रमा हुने बर्खे डुवानको दिगो समाधान हुन्छ : मेयर शाक्य



अ+ अ-

काठमाडौँ । ढल निकास प्रणालीमा सुधार गरेर काठमाडौं महानगरको बर्खे डुवान समाधान गर्ने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले समस्या बुझ्न स्थानीयसँग र योजना कार्यान्वयन गर्न सम्बद्ध सरकारी निकायसँग छलफल चलिरहेको बताउनुभएको छ । यस क्रममा मेयर शाक्यले मंगलबार राष्ट्रिय सभा गृहमा वडा २८ बागबजार र पुतली सडक क्षेत्रका स्थानीयसँग योजनाका बिषयमा कुरा गर्नुभएको छ ।

वडा २८ का स्थानीयबासीले एउटै ठूलो योजना अघि बढाउँदा टुकुचा खोलाले नधानेर झन् डुवान पार्ने हो कि भन्ने चासोसहित मेयर शाक्यसँग बिकल्पसहितको योजना अघि बढाउन आग्रह गरेका थिए । त्यस क्रममा मेयर शाक्यले- टुकुचा, पुतलीसडकसहित आसपास क्षेत्रको बिद्यमान भौगोलिक सतह, ढल प्रणाली तयार गर्दाका प्राबिधिक पक्ष र स्थानीयको मागलाई बिश्लेषण योजना कार्यान्वयनको निर्णयमा पुग्ने बताउनुभयो । पुतलीसडकसँगै जमल पनि डुवान हुने क्षेत्र हो । यसलाई पनि हामी व्यवस्थित गर्छौं, मेयर शाक्यको भनाइ छ ।

पुतलीसडक क्षेत्रमा वडा ३ महाराजगञ्जदेखि वडा १ नक्सालहुँदै कमलपोखरी र डिल्लीबजारतर्फबाट बर्खे पानीको भेल आएर सानोतिनो पानी पर्नेबित्तिकै डुवान हुने गरेको छ । यसको समाधान भनेको – बर्खे सबै पानी अट्ने ढल प्रणाली निर्माण गर्नु नै हो । महानगरको भौतिक पूर्वाधार बिभागका प्रमुख राम थापा भन्नुहुन्छ- पुतली सडक चोकमा ठूलो मंगाल निर्माण गरेर त्यस माथिबाट आएको पानीलाई समानान्तर ढल प्रणालीबाट एकातिर बागबजारको मुखतर्फ र अर्कोतिर पुतलीसडक, शंकरदेव हुँदै तल्लो भेगमा निकास दिन सकिन्छ ।

छलफलमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २८ का अध्यक्ष भाइराम खड्गी, वडा ३० का अध्यक्ष दलबहादर कार्कीसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।