१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

माइतीघर मण्डलाको सौन्दर्यीकरण कृषि बिकास बैङ्कले गर्ने

माइतीघर मण्डलाको सौन्दर्यीकरण कृषि बिकास बैङ्कले गर्ने
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाको कृषि बिकास बैङ्कसँग सहमति गरेको छ ।

मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्ने बिषयमा भएको सम्झौतामा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गर्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते निर्णय गरेको थियो ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले- बाहै्र महिना फूल फुलाएर हेर्दै आकर्षक ठाउँ बनाउन आग्रह गर्नुभयो । यो ठाउँ बिज्ञापनका लागि होइन । खाली ठाउँ हेर्दै उराठलाग्दो भयो भने सहरको मुहार नै बिग्रिन्छ । त्यसैले मण्डला क्षेत्रमा कुनै पनि समय फूलबिहिन बनाउन हुँदैन । मेयर शाक्यले थप्दै भन्नुभयो – फूलसँगै यस क्षेत्रको पूर्वाधार र हरियालीमा कुनै पनि कमी नहुने आशा गरेकोछु ।

त्यस क्रममा बैङ्कका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैङ्कले पूरा गर्ने बताउनुभयो ।

सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैङ्क आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैङ्कले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुनेछैन ।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गर्न सकिने छ भने यस वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल वोट विरुवा लगाउने काम बैङ्कले गर्नेछ । सम्झौता पत्रमा हस्ताक्षर अवसरमा वातावरण व्यवस्थापन बिभागका अधिकारीहरुको उपस्थिति थियो ।