१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण



अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिनुभयो ।

“तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो”, उहाँले भन्नुभयो, “नजिकैको लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ ।”

क्याम्पसको छात्राबास भवन निर्माणका क्रममा पछाडिको भागमा गत वर्ष पक्की पर्खाल निर्माण गरेर पाखोको जग्गा उकास गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख बजेटबाट पाखो सम्याएर खेलमैदान तयार पारिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख रुचेन्द्र अधिकारीले उक्त खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको जानकारी दिनुभयो । नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ ।

क्याम्पसको पूर्वाधारको अवस्थाका विषयमा समुदायस्तरमा प्रचारप्रसार गर्न सहयोग पुगोस् भनेर नयाँ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । खेलमैदानको कुनातर्फ प्याराफिट, छेउमा मञ्च र डिलतर्फ तारबार लगाएर व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभयो ।