२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइइ नियमित तालिकामै सञ्चालन हुन्छ: मन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समते बताउनुभयो ।

कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परिक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘एसइइ लाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परिक्षा चाहिं नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँ नेर भूमिका हुन्छ ।’

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुँदै छन् ।