१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

एसइइ नियमित तालिकामै सञ्चालन हुन्छ: मन्त्री खतिवडा

एसइइ नियमित तालिकामै सञ्चालन हुन्छ: मन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समते बताउनुभयो ।

कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परिक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘एसइइ लाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परिक्षा चाहिं नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँ नेर भूमिका हुन्छ ।’

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुँदै छन् ।