१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई नम्बर प्रदेशले पाउन सकेन नाम



अ+ अ-

जनकपुर। प्रदेश नम्बर २ ले आज पनि नाम र स्थायी राजधानी पाउन सकेन । मंगलबार बसेको यस प्रदेशको ५७ औं प्रदेश सभा बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउने सहमती खोजेको भए पनि कुनै पनि प्रस्तावले बहुमत हासिल गर्न सकेन ।

आज भएको मतदानमा मा नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नाम अस्वीकृत भएको छ। त्यस्तै नेकपाको प्रस्ताव गरेको जानकी प्रदेश र राजपा र समाजवादीको मधेश प्रदेश पनि मतदानबाट अस्वीकृत भएको छ । यी कुनै पनि नाम बैठकबाट बहुमतले स्वीकृत हुन नसकेपछि आज यस प्रदेशले नाम पाउन नसकेको हो ।

यअसघि यस प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने मौखिक सहमति सबै दलको सर्वदलीय निर्णयबाट भएको भए पनि अब त्यसलाई पनि राख्ने कि नराख्ने भन्ने बारेमा अन्योल खडा भएको छ । अब नाम र स्थायी राजधानीका लागि अर्काे बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ ।

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको पहिलो प्रस्तावमा जम्मा ३७ मत आएको थियो।

१०७ सांसद रहेको सो प्रदेश सभामा राजधानीको नाम स्वीकृत हुन दुई तिहाइ अर्थात् ७२ मत आवश्यक पर्छ।