४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

दृष्टि कमजाेर भएकी नम्रताकाे उपचारका लागि सहयोग

दृष्टि कमजाेर भएकी नम्रताकाे उपचारका लागि सहयोग
अ+ अ-

काठमाडौं

धुनिवेसी नगरपालिका ३, आँपघारीकी ११ वर्षिया अल्पदृष्टि नम्रता सापकोटाको कानमा ‘कक्लर इम्प्लाण्ट’ जडानपछिको थप उपचारको लागि ‘हामी मानवता बचाऊँ’ संस्था कोटेश्वरले २१ हजार नगद सहयोग गरेको छ । यसअघि उनलाई भक्तपुरका सफ्टवेयर इन्जिनियर प्रशान्त शर्माले ५२ हजार रुपैयाँ सहयोग जुटाईदिएका थिए ।

वरिष्ठ पत्रकार बलराम प्यासीको अनुरोधमा ‘हामी मानवता बचाऊँ’ संस्थाका संस्थापक राम लम्साल गुरुले २१ हजार रुपैयाँ सहयोग मंगलबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पुगी नम्रताका बुबा सुदिप सापकोटालाई हस्तान्तरण गरेका थिए ।

उपचार सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार बलराम प्यासीको साथै यसअघिका सहयोगी दाता इन्जिनियर प्रशान्त शर्मा, ‘हामी मानवता बचाऊँ’ संस्थाका केन्द्रीय पदाधिकारीहरु सीताराम चटौत, दिनेश सुवेदी र यमलाल खनाल तथा आजीवन सदस्य कोपिला बज्राचार्य तुलाधर समेत सहभागी थिए ।

नम्रता जन्मँदैदेखि कम आँखा देख्थिन तर दुवै कान प्रष्टसंग सुन्थिन । तर गतवर्ष ज्वरो आएपछि उनको दुवै कान पनि वन्द भएको थियो । त्यसपछि नम्रताका बुबा सुदिप र आमा सावित्रीले नम्रताको कानको उपचारको लागि सबैतिर गुहारे ।

अल्पदृष्टि भएका दुवै आँखाको उपचार हुन नसकेपनि एउटा कानको शल्यक्रिया गरि श्रवण यन्त्र राख्न त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले सुझाव अनुसार सोमबार नम्रताको कानको शल्यक्रिया गरि सफलतापूर्वक दायाँ कानमा ‘कक्लर इम्प्लान्ट’ जडान गरिएको थियो ।

ब्राइट स्टार सोसाइटी काठमाडौंले नम्रताको कानमा जडान गरिएको ‘कक्लर इम्प्लान्ट’ विदेशबाट मगाउन आर्थिक सहयोग जुटाएको थियो । दायाँ कानको सफल शल्यक्रियापछि नम्रता सुन्न सक्ने भएकी छिन भने उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी केहीदिनको वसाईपछि घर फर्किने छिन् ।

जन्मदैदेखि छोरी नम्रता अल्पदृष्टि भएर प्रष्टसंग देख्न नसकेकै कारण सापकोटा परिवारले आफ्नो दुईवर्षे नावालक छोरालाई २०७२ बैशाख १२ को भूकम्पमा गुमाउन परेको थियो । दिदीसंगै खेलिरहेका नावालक भाईलाई भुकम्पले घर भत्काएर थिचिसक्दा पनि नम्रताले देख्न नसकेको कारण भाईको अकालमा ज्यान गएको सापकोटा परिवारमा विर्सिन नसक्ने पीडा छ ।