७ आश्विन २०८१, सोमबार
,
Latest
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टि कमजाेर भएकी नम्रताकाे उपचारका लागि सहयोग



अ+ अ-

काठमाडौं

धुनिवेसी नगरपालिका ३, आँपघारीकी ११ वर्षिया अल्पदृष्टि नम्रता सापकोटाको कानमा ‘कक्लर इम्प्लाण्ट’ जडानपछिको थप उपचारको लागि ‘हामी मानवता बचाऊँ’ संस्था कोटेश्वरले २१ हजार नगद सहयोग गरेको छ । यसअघि उनलाई भक्तपुरका सफ्टवेयर इन्जिनियर प्रशान्त शर्माले ५२ हजार रुपैयाँ सहयोग जुटाईदिएका थिए ।

वरिष्ठ पत्रकार बलराम प्यासीको अनुरोधमा ‘हामी मानवता बचाऊँ’ संस्थाका संस्थापक राम लम्साल गुरुले २१ हजार रुपैयाँ सहयोग मंगलबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पुगी नम्रताका बुबा सुदिप सापकोटालाई हस्तान्तरण गरेका थिए ।

उपचार सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार बलराम प्यासीको साथै यसअघिका सहयोगी दाता इन्जिनियर प्रशान्त शर्मा, ‘हामी मानवता बचाऊँ’ संस्थाका केन्द्रीय पदाधिकारीहरु सीताराम चटौत, दिनेश सुवेदी र यमलाल खनाल तथा आजीवन सदस्य कोपिला बज्राचार्य तुलाधर समेत सहभागी थिए ।

नम्रता जन्मँदैदेखि कम आँखा देख्थिन तर दुवै कान प्रष्टसंग सुन्थिन । तर गतवर्ष ज्वरो आएपछि उनको दुवै कान पनि वन्द भएको थियो । त्यसपछि नम्रताका बुबा सुदिप र आमा सावित्रीले नम्रताको कानको उपचारको लागि सबैतिर गुहारे ।

अल्पदृष्टि भएका दुवै आँखाको उपचार हुन नसकेपनि एउटा कानको शल्यक्रिया गरि श्रवण यन्त्र राख्न त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले सुझाव अनुसार सोमबार नम्रताको कानको शल्यक्रिया गरि सफलतापूर्वक दायाँ कानमा ‘कक्लर इम्प्लान्ट’ जडान गरिएको थियो ।

ब्राइट स्टार सोसाइटी काठमाडौंले नम्रताको कानमा जडान गरिएको ‘कक्लर इम्प्लान्ट’ विदेशबाट मगाउन आर्थिक सहयोग जुटाएको थियो । दायाँ कानको सफल शल्यक्रियापछि नम्रता सुन्न सक्ने भएकी छिन भने उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी केहीदिनको वसाईपछि घर फर्किने छिन् ।

जन्मदैदेखि छोरी नम्रता अल्पदृष्टि भएर प्रष्टसंग देख्न नसकेकै कारण सापकोटा परिवारले आफ्नो दुईवर्षे नावालक छोरालाई २०७२ बैशाख १२ को भूकम्पमा गुमाउन परेको थियो । दिदीसंगै खेलिरहेका नावालक भाईलाई भुकम्पले घर भत्काएर थिचिसक्दा पनि नम्रताले देख्न नसकेको कारण भाईको अकालमा ज्यान गएको सापकोटा परिवारमा विर्सिन नसक्ने पीडा छ ।