७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंक र टेस्ला डाइग्नोस्टिकबीच सम्झौता



अ+ अ-

काठमाडाैंः

टेस्ला डाइग्नोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका बिबिध सेवामा विशेष सहुलियत प्राप्त गर्ने बैंकले जनाएकाे छ ।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख –कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गर्नु भएको थियो ।

बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो । नबिल बैंकका हाल ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचनाका साथै १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छ्न् ।